हेर्नुस् के छ नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २५ गते, आईतवार ११:३९

काठमाडौं,माघ २५-नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो ।

गएको शुक्रबार तोलाको ९० हजारमा कारोबार भएको सुन आज ९० हजार ६ सय रुपैयाँमा कारोबार भाइरहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । गएको शुक्रबार तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी एकसय रुपैयाँले वृद्धि भई आज १३सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु