दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौंको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २६ गते, सोमबार ९:२३

काठमाडाैं, माघ २६- काठमाडौंको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको हो ।

दिउँसो काठमाडौंको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंको मौसम सफा रहने छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रहे पनि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको बताएको छ ।

मौसमविद् समीर श्रेष्ठका अनुसार चिसो अझै रहिरहने तथा तराईका भू–भागहरुमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेका छन् । यद्यपि अब विस्तारै तापक्रम बढ्दै जाने उनको भनाइ छ ।

यो वर्ष पश्चिमी सक्रिय वायु ढिलो नेपाल प्रवेश गरेका कारण माघको अन्तिमसम्म पनि जाडो रहेको छ । शुक्रबार र शनिबार देशका विभिन्न भू–भागमा पानी परेका कारण अब भने विस्तारै जाडो हट्ने मौसमविद् श्रेष्ठ बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु