पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

तामाङ राजा´हेनज दोर्जे`को जिवनीमा आधारित तामाङ भाषिक ´दोङह्राप व्हाई` बोलक गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २६ गते, सोमबार ११:३०

काठमाडौं २६ माघ ।
तेमालको तामाङ राजा´हेनज दोर्जे`को जीवनीमा आधारित तामाङ भाषिक´दोङह्राप व्हाई` बोलक गितको पहिलो भाग सार्वजनिक भएको छ।

गुरु रिम्पोर्छेले तपस्या गरेको पवित्र स्थल काभ्रेको ऐतिहासिक ठाउँ तेमालका ह्रेन्जेन दोर्जेको दोङह्राप” इतिहास बोकेको गित हो।

उक्त गीत तेमालका तामाङ राजा ह्रेन्जेन दोर्जे राजा को जीवनीमा आधारित ऐतिहासिक गीत दोङ्ह्राप व्हाअी”इतिहास” गीतलाई तामाङ समुदाय गीत सांगीतिक क्षेत्रमा पहिलो वरिष्ठ गायक चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो।

उक्त गीतमा ह्रेन्जेन दोर्जे तामाङ राजा को हुन् ? तेमाल कसरी ऐतिहासिक तेमाल बने ? भाषा,धर्म ,संस्कार र संस्कृति बारेमा गीतको मध्यमबाट निकै सशक्त र गहिरो ढंगले उठान गरिएको निर्माण पक्षले बताए।

हिराकाजी तामाङको शब्द रहेको उक्त गीतमा बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङका संगीत र एरेञ्ज रहेको छ भने चन्द्रकुमार दोङ,ईन्दिरा गोले गुरुङ, सोनिया लामा र रश्मी तामाङ दोङको स्वर रहेको छ। यस् गीतको मिक्सिङ गोपाल सोनी गरेका हुन्।

यो गीत भाग १, २ र ३ सम्म बनेका छन् ।भन्ने गीतलाई ३ महिनाको अन्तरले सार्वजनिक गर्ने निर्माण पक्षको तयारी रहेको जनाएको छ।।यो सार्वजनिक भएको गीत भने भागको ह्रेन्जेन दोर्जेको परिचायत्मक गीत हो।

तामाङ जातिको मुल थलो को रुपमा परीचित तेमाल को बिषयमा धेरै चर्चा परि चर्चा हुने गरेको छ । तामाङ्ग राजा ह्रेन्जेन दोर्जेको दरवार क्षेत्र भनेर चिनिने तेमाल र तामाङ्ग राजा ह्रेन्जेन दोर्जेको इतिहासलाई गीतको माध्यमबाट आम नेपालीहरुलाई बझाउन खोजेको शब्द संकलन हीराकाजी लामाले बताएका छन् ।

नेपालको इतिहासमा बाईसे चौबिसे राज्यको रुपमा स–साना राज्यमा विभाजित रहेको थियोे ।जुन राज्यहरुलाई नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहाले ह्रेन्जेन दोर्जेले छुट्टै शासन चलाएको तेमाल राज्यलाई कब्ज गर्न नसकेको हुनाले मीत लगाउने बहानामा ह्रेन्जेन दोर्जेको बिभत्स हत्या गरेको इतिहास तेमाल लगायत आसपासका तामाङहरुले कथाको रुपमा सुनाउने गर्थे भने अब त्यही बिषयबस्तु संग सम्बन्धित सबै कुराहरु गीतको रुपमा सुन्न पाइने भएको छ ।यस गीतको निर्माण सि.बि.लामाले गरेका हुन्।

हेर्नुस् भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु