ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

बुटवलमा चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ को च्यारिटी शो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २६ गते, सोमबार १७:५२

बुटवल,माघ २६। नेपाली समाजको यथार्थ चित्रण गरि निर्माण भएको नेपाली कथानक चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ को च्यारिटी शो कलाकारहरुको साथमा बुटवल स्थित मिलन चलचित्र मन्दिरमा भब्य रुपमा सम्पन्न भएको छ । बृद्धा आश्रमलाइसहयोग गर्ने हेतुले चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ बुटवलमा च्यारिटि शो गरिएको निर्माता रिता मल्लले जानकारी दिनुभएको हो । सामाजिक विकृति विसंगति विरुद्ध तिखो व्यंग्य प्रहार गर्दै समाज रुपान्तरणका लागि चलचित्रले महत्वपूर्ण सन्देश दिएकोे चलचित्रका हेरेपछि दर्ह्सकहरुले प्रतिक्रिया दिएका थिए। अर्गानिक नेपालीपन मिसिएको चलचित्रले समाज विकासमा योगदान गर्ने चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले फिल्म हेरेपछि हाम्रो मुलुकमा बिद्यमान सामाजिक असमानता,जातिय छुवाछुत,रुढीवादीता,बर्गीय असमानता आदि लगायतका बिभिन्न कुरिति र सामाजिक प्रेमकथालाई जस्ताको तस्तै चलचित्रको पर्दामा उतारिएको बताएका छन् । त्यस्तै समाजको यथार्थ चित्रणलाइ पर्दामा रमाइलो ढंगले उतारिएको चलचित्रकी निर्माता रहेकी रिता मल्लले जानकारी दिएकि छिन। काठमान्डौ, पाल्पा र रुपन्देहीका रमणिय ठाउमा खिचिएको फिल्म समग्रमा कथा र कलाकारको राम्रो कम्बिनेशन रहेको र दर्शकले फिल्म मनपराउने चलचित्रका निर्देशक शिव आचार्यले बताए। मल्ल शाही इण्टरटेन्मेण्ट प्रालिको ब्यानरमा भेष कुमारी शाही तथा रिता मल्लको निर्माण रहेको नेपाली कथानक चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ मा निर्देशन शिव आचार्य, कथा जनक गुरुङ, छायांकन हरि बहादुर आले, सम्पादन तारा थापा किम्भे , शृंगार सरु ओली, द्वन्द मिलन श्रेष्ठको रहेको छ ।

उक्त चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ मा शिव आचार्य , कृष्ण मल्ल , कालु राना , टार्जन , बसन्त राना रंगिला , आवाश ज्ञवाली,अपेत्ता, ज्योति,राज आदि कलाकारहरुको अभिनय रहेको छ। लुम्बिनी कलाकर्मी संघको आयोजनामा भएको च्यारिटि शोमा हलमा दर्शक खचाखच भरिएको थियो। सो कार्यक्रममा सानिमा लाइफ इन्स्युरेन्सका प्रकाश गौतमले चलचित्रको सफलताको कामना गरेका थिए। नेत्र बिष्ट म्यानेजर रहेको फिल्मको पोस्ट प्रोडक्सन द पाल्म ग्रुप प्रालिले गरेको थियो। च्यारिटीमा कलाकारसंगै विभिन्न संघ/संस्थाका व्यक्तित्व, व्यवसायी, पत्रकार, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु