कविता –
फक्रन नपाउँदै चुँडिएको फुल –
छोरो नै चाहिने यो पुरुषवादी समाजले
भ्रुण पहिचान गरेर
लामो निस्कर्ष र कठिन संघर्ष पश्चात्
गर्वबाट बल्ल
धर्ती देख्छिन छोरिहरुले।
भन्थे मान्छेहरुले
छोरी भएर जन्मिन कहाँ सजिलो छ र ?
अपवादमा बाहेक
खान र लाउनमा
अनि
पढ्न र बढ्नमा समेत विभेदको सामना गर्दै हुर्किन्छिन छोरिहरु।
उहीँ तिम्रो रगतको डल्लो
सन्तान एकै होईन र आमा ?
आफ्नै घरमा त भेदभाव हुन्छ भने
परायाले पुज्छन भन्ने के आश गर्नु
आफ्नै मिहेनत र पौरखले हुर्किनु पर्छ छोरिहरु
बाबा
पिण्ड दिने छोराहरु मात्र तपाईंको सन्तान हो र ?
छिद्रबाट हवास मात्र चिहाई रहने समाज छ
सामिप्यमा सहवास मात्र खोजिरहने सोच छ
प्रेममा सम्भोग मात्र पर्खिरहने कु-दृस्ठिबाट
बचाउनु छ आफुलाई।
बाबा
मान्छेहरुको मनस्थिति फेर्न सकिँदैन र ?
मलाई पनि पुतली जस्तै
उड्न मन छ ।
जुनकिरी झैं
बल्न मन छ ।
कोईली झैं
गाउन मन छ ।
मयुर झै
नाँच्न मन छ ।
आमा
हामी छोरिहरुको रहर हुँदैन र ?
मेलापात र वनजंगलमा जोगिनु छ शिकारीबाट ।
स्कुल र कलेजमा बच्नु छ
गिद्दे दृस्ठिबाट ।
आमा
फक्रन नपाउँदै चुँडिने फुल
फुलायौ किन ?
रामचन्द्र तिम्सिना
(आवाज)