राजनलाई सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २६ गते, सोमबार १९:२८

काठमाडौं, माघ २६ गते ।
राजन गुरुङले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा सोमबार सफलता पाएका छन् ।
बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित प्रतियोगितामा राजनले प्रभास मगरलाई ३–२ ले पराजित गरे ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजन लामाले कमल लामालाई ३–२, नरेश कर्माचार्यले विप्लव भण्डारीलाई ३–१, कृतेश ज्ञवालीले प्रशान्त वज्राचार्यलाई ३–१, निश्चलले कान्छालाल वाइबालाई ३–०, बले लिम्बूले अभिमन्यु धिमाललाई ३–२, राजकुमार तामाङले सुशान्त श्रेष्ठलाई ३–१ र मन्दिप कटुवालले राकेश श्रेष्ठलाई ३–१ ले हराए ।
पुरस्कार राशी र खेलाडी सहभागिताका हिसाबले प्रतियोगिता नेपाली स्नुकर इतिहासकै सर्वाधिक ठूलो हो । प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु