पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

अभिलाषाको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २६ गते, सोमबार १९:३७

काठमाडौं ।नेपालका अभिलाषा विष्टले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी सिद्धि खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । अभिलाषाले गत शनिबार सम्पन्न सर्किट १ को महिला डबल्समा जर्मनीकी सोन्जोसंग मिलेर स्वर्ण जितेकी थिइन् ।
पुरुष सिंगल्समा नेपालका निसान श्रेष्ठ, निहालजंगबहादुर थापा, आर्यन गिरी, प्रसिद्ध मोक्तान, आरभसम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धरले आ–आफ्नो प्रतिद्वन्द्वीसंग पराजय भोगे । महिला सिंगल्समा नेपालका श्रेया भट्टराई, प्रकृति श्रेष्ठ, अजा रेग्मी, श्रृष्टि राई, इशाश्री शाह, रायना शाह र सर्वानी श्रेष्ठले आ–आफ्नो खेल गुमाए ।
यु–१८ उमेरसमूहको प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन् । प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्रको सहभागिता रहेको प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु