पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • लपु तेक्वान्दोलाई आईओएफटीसीको सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ माघ २०७७, सोमबार १९:५१

    काठमाडौं ।अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले ललितपुर जिल्ला तेक्वान्दो संघलाई म्याट सहयोग स्वरुप प्रदान गरेको छ ।
    आईओएफटीसी टिम नेपालका रामचन्द्र व्यञ्जन्कारलगायतले संघलाई एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको व्यञ्जनकारले जनाएका छन् । विगतमा पनि आईओएफटीसीले नेपालका विभिन्न जिल्लाका तेक्वान्दो संघलाई सामाग्री सहयोग गरेको थियो ।

    खेलकुदमन्त्रीलाई तेक्वान्दो संघको बधाइ


    काठमाडौं । नेपाल तेक्वान्दो संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ । सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी मन्त्री तामाङलाई बधाइ तथा शुभकामना दिइएको हो ।
    संघका उपाध्यक्ष भरत महर्जनले सफल कार्यकालको शुभकामना दिँदै बधाइ ज्ञापन गरेका थिए । उनले संघको तर्फबाट मन्त्री तामाङलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।
    कार्यक्रममा संघका महासचिव दीपराज गुरुङले खेलकुदमन्त्रीमा तामाङको नियुक्तिसँगै नेपाली खेल क्षेत्रमा नयाँ उत्साह र आशा पलाएको बताए । उनले संघहरुले भोग्नुपरेका समस्याहरुका बारेमा मन्त्री तामाङलाई जानकारी गराएका थिए ।
    कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी, संघका पदाधिकारी, प्रशिक्षक र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु