दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रातो मच्छिन्द्रनाथ रथ तान्नेक्रममा पक्राउ परेका सबै छुटे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २६ गते, सोमबार २०:५२

ललितपुर, २६ माघ- पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा भएको झडपमा पक्राउ परेका सबै जना सोमबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक घटनामा पक्राउ परेका २४ जनालाई विरुद्ध अभद्ध व्यवहार अन्तर्गत मुद्दा चलाइएको थियो । छुट्नेहरुमा महेश बज्रचार्य, पृथविन्दु महर्जन, यादवलाल कायस्थ, ध्रुवराज बज्रचार्य, श्याम था, रवि शाक्य, असोज महर्जन, रविन शाक्य, सुविन शाक्यलगायत छन् ।

प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बयानको आधारमा उनीहरुलाई कसुरको मात्रा हेरेर न्युनतम सजाय गरि छोड्ने फैसाल गरेको बताए । राष्ट्रप्रमुख उपस्थित भएर सम्पन्न गरिने मत्स्येन्द्रनाथ रथ यात्रा बारेमा सरकारले अनिर्णयको बन्दी बनाएर विचल्लीमा पारेको भन्दै उनीहरु भाद्र १८ मा स्वत:स्फुर्त आन्दोलित भएका थिए । झडपपछि क्षमापूजा गरेर भाद्र २१ मा रथ तानेर पुल्चोकबाट अलि पर रहेको सोह्रखुट्टे पाटीसम्म पु¥याइ भोलीपल्ट जात्रा मनाइएको थियो । भाद्र २६ मा मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती पुर्याईएको थियो । परम्परा अनुसार मत्स्येन्द्रनाथ सुर्य दक्षिणयण हुदाँ ६ महिना बुङमती र उत्तरयण हुदाँ ६ महिना पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा बास बसाल्ने चलन छ ।
कोभिड–१९ कारणले यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कर्म हुन सकेन ।

पक्राउ परेकाहरुलाई छुटाउन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, नेकपा नेतृ मन्जरी शाक्य र युवा नेता रमेश आर्चायले मुख्य भुमिका खेलेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु