प्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमापछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएमोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्ननेपाल महिला चेम्बर ट्रेड फेयर आजबाट शुरु हुँदैहेर्नुस् आज २०७७साल फागुन २४ गते, सोमवार को राशिफलपत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानितअग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसलाई "नेपाल्स नम्बर वान ब्युटी सैलुन "अवार्ड प्रदानतिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)

मिस्टर एन्ड मिस टिन शेर्पा’ को उपाधी डोल्मा र युगेनको हातमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १२:५२

काठमाडौँ — माघ २७,२०७७।

मिस टिन शेर्पा २०२१ को उपाधि डोल्मा छिरिङ शेर्पाले प्राप्त गरेकी छिन् । काठमाडौँमा आइतवार सम्पन्न प्रतियोगितामा ९ प्रतिस्पर्धीलाई उछिन्दै डोल्माले उपाधि जितेकी हुन् ।

यता मिस्टर टिन शेर्पा २०२१ को उपाधि युगेन शेर्पाले हात पारेका छन् । युगेनले पाँच प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उपाधि जितेका डोल्मा र युगेनाले ताज सहित जनही २० हजार रुपैयाँ नगद हात पारेका छन् ।

प्रतियोगितमा मिस टिन शेर्पातर्फ डोल्मा शेर्पा र मिङमा शेर्पा फस्ट र सेकेण्ड रनर अप बनेका छन् । यस्तै मिस्टर टिन शेर्पा तर्फ दावा जाङबु शेर्पा र गौतम शेर्पा फस्ट र सेकेण्ड रनर अप भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, विशेष अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा सहभागी थिए ।

संघका अध्यक्ष गेल्जे शेर्पा लामाले प्रतियोगिताले शेर्पा समुदायको किशोर र किशोरीमा रहेको प्रतिभा प्रस्फुटन गराउने बताउनुभयो । उहाँले यस्ता खालका अवसरले आत्मविश्वास बढाउन समेत मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङले यस्ता कार्यक्रमले किशोर किशोरीको व्यक्तित्व विकास हुने बताउनुभयो । उहाँले शेर्पा समुदायको हक आधिकरका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यसपालिको प्रतियोगिता मिस एण्ड मिस्टर टिन शेर्पाको तेस्रो संस्करण हो । प्रतियोगिता गौतम बुद्ध फिल्म्स प्रालिले सन् २०१९ देखि आयोजना गर्न थालेको हो । शेर्पा समुदायको किशोर किशोरीहरुमा भएको खुबीलाई प्रस्फुटन गराउन र आत्मबल बढाउन प्रतियोगिता गरेको संस्थाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु