काठमाडौं ।नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग मंगलबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटवार्तामा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल-इजरायल सीधा हवाइ सेवा सञ्चालनमा सहजिकरण गरिदिन अनुरोध गर्नुभयो । उहाँहरूको बीचमा पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको छ ।