विराटनगरमा खेलकुद अभिमुखीकरण कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार २०:५९

विराटनगर । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश १ को विराटनगरमा मंगलबारदेखि सुरु भएको छ । कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रममा प्रदेश १ का १६ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय ३० जनाको सहभागिता रहेको छ ।

पहिलो दिन सदस्य–सचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट,युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राखेपको नयाँ ऐन र सो सम्बन्धमा जानकारी गराएका थिए । डा.ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, अर्चना यादवले इनर्जी सिस्टम इन स्पोर्ट्स पर्फमेन्स र रमन नेपालीले स्पोर्ट्स मोटिभेसन बारे सहभागीलाई जानकारी गराएका थिए ।

दोश्रो तथा अन्तिम दिन बुधबार राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस, हिमाल दाहालले कोचेस इन ट्रेनिङ, रितामैया प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी र सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिने छन् ।
चार प्रदेश लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमतीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । विराटनगरपछि प्रदेश २ को वीरगन्जमा माघ २९ र ३० तथा गण्डकी प्रदेशको पोखरामा फागुन २ र ३ गते अभिमुखीकरण कार्यक्रम हुने छ । कार्यक्रममा ,राखेप सदस्यद्धय हरि खड्का,रेनुका श्रेष्ठ,बिभागिय प्रखुखद्धय कुलवहादुर थापा र अर्जुन विकलगायतको उपस्थिति रहेको थियो । सम्बन्धीत स्थानिय उपभोक्त समितिका अधयक्षबीच सम्झौता भएको हो ।
पाँच पूर्वाधार निर्माणमा परिषद्को सम्झौता
राष्ट्रिय खेलकुद परिषद्ले चालु आब भित्र सम्पन्न गर्ने गरि ५ वटा भौतिक पूर्वाधार निर्माण सम्बन्धी स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।
झापाको दमकमा निर्माण भईरहेको नारायण ज्याती बहुउद्देश्य कभर्डहलको कम्पाउण्ड बाल लगाउने कार्यका लागि राखेपले दश लाख उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रवहादुर प्रसाईबीच बिराटनगरमा सम्झौता भएको छ । कम्पाउण्ड बाल निर्माणमा ११ लाख २१ हजार ३ सय ६० रुपयाँ पौसा ३१ लाग्ने अनुमान गरिएकोमा बाँकी रकम उपभोक्ता समितिले जुटाउने सम्झौतामा उल्लेख छ ।
बिराटनगर स्थित बैजनाथपुर क्रिकेट खेल मैदान (पीच बाहेक) कटिङ गर्ने,सम्याउने,रोलिङ तथा वाटरिङ गरि सम्पूर्ण एरिया खेल्ने योग्य बनाउन राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष मो. साद कुरेसीबीच सम्झौता भएको छ । बैजनाथपुर क्रिकेट खेल मैदान निर्माण गर्नका लागि ११ लाख ८१ हजार उन्चालीस रुपयाँ पौसा एक्चालीस खर्च लाग्नेमा सम्झौता अनुसार राखेपले १० लाख उपलब्ध गराउने भएको भने बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्नेछ ।
खादवारी खेल मैदानको (५ स्टेप भएको १५ मिटर लम्बाई) प्याराफिट निर्माणका लागि राखेपले १५ लाख उपलब्ध गराएको छ । राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष रमेश श्रेष्ठबीच सम्झौता भएको छ । कुल १६ लाख २९ हजार ५ सय ६५ रुपयाँ पौसा तीन लाग्नेमा बाँकी रकम समितिले जुटाउनु पर्ने सम्झौतामा उल्लेख छ ।
सिराहाको गोलबजार एकिकृत खेल मैदानमा तार जाली जडानका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । एक सय असी मिटर तारजाली जडान गर्न कुल ११ लाख २८ हजार १ सय ७८ रुपयाँ पैसा नब्बे लाग्नेमा बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्ने छ । सो सम्बन्धमा राखेप सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष राजावाबु मगरबीच सम्झौता भएको छ ।
सुनसरीको वराहक्षेत्र स्थित बसन्तक्रृतु खेलमैदानमा गेट निर्माणका लागि राखेपले १० लाख रुपयाँ उपलब्ध गराएको छ । बिभिन्न साईजको ७ वटा गेट निर्माणका लागि ११ लाख २१ हजार २ सय ९६ रुपयाँ पैसा सत्ताईस लाग्नेमा बाँकी रकम समितिले जुटाउनु पर्ने छ । सो सम्बन्धमा राखेपका सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष खेम उदासबीच सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया,राखेप सदस्यद्धय हरि खण्का,रेनुका श्रेष्ठ,बिभागिय प्रखुखद्धय कुलवहादुर थापा र अर्जुन विकलगायतको उपस्थिति रहेको थियो । सम्बन्धीत स्थानिय उपभोक्त समितिका अधयक्षबीच सम्झौता भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु