खाद्य तथा दाना उद्योगको लागि उत्पादन गरिने अन्नको गुणस्तरसम्बन्धी मापदण्ड बन्न आवश्यक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ माघ २०७७, बुधबार १८:१३

हरिकुमार श्रेष्ठ (पीएचडी)

काठमाडौं ।नेपालमा बीउबिजन गुणस्तर नियन्त्रणको लागि चाहिने आवश्यक नीति,ऐन, नियमावली, निर्देशिका, कार्यविधि र मापदण्डहरु सायद दक्षिण एशियामै राम्रो पाइन्छ । तर पनि यी सबैलाई समयसापेक्ष र प्रयोगकर्ता मैत्री बनाउन संशोधन गर्दै जानु आवश्यक छ र जस्को हितको लागि बनाइएको छ उसलाई प्रयोगमा पनि सहयोग गरिनुपर्दछ ।

नेपालमा बीउबिजन क्षेत्रको लागि त प्रशस्तै नियम कानुनहरु उपलव्ध छन् । तर अन्नको लागि भने आधिकारिक मापदण्ड नै छैन । हालै किसान तथा दाना उद्योगहरु व्यवसायिक रुपमा नेपाली हाईब्रीड जातमा अन्न उत्पादन गर्न सुरु गरिसकेकोले यसको लागि पनि निश्चित गुणस्तरसम्बन्धी मापदण्ड भएमा भोली अन्न उत्पादन तथा खरीद बिक्रीमा उत्पादक र दाना उद्योग बिच समस्या नआइ नेपाली उद्योग फस्टाउने थियो र वर्षेनि आयात प्रतिस्थापन भइ अरबौँको बैदेशिक व्यापार घाटा परिपूर्ति गर्न सहयोगी हुने देखिन्छ ।

अन्नको गुणस्तरसम्बन्धी केही व्यवसायीहरु र मकै उत्पादकहरुबाट गुनासाहरु आएकोले यसको आवश्यकताको बारेमा सम्बन्धित निकायको साथै विभिन्न सन्चार माध्यमबाट पनि मैले कुरा राख्दै आएको छु र यथासक्य चाँडो नेपाल सरकारले यससम्बन्धी पहल गरोस् भन्ने कामना पनि गर्दछु ।

केही दाना उद्योगले पनि उनीहरुको आन्तरिक प्रयोजनको लागि गुणस्तरसम्बन्धी मापदण्ड बनाएका छन् , जुन अन्नको गुणस्तर नियन्त्रण वा निर्धारणसम्बन्धी निर्देशिका बनाउनको लागि सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु