पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

साइना सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २९ गते, बिहीबार १९:५१

भारतकी साइना देशपाण्डे आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष सिंगल्समा भारतका युभान नन्दलाल, अमन दहिया र निशान्त दबस तथा स्पेनका तोमस क्युसदाले सेमिफाइनल यात्रा तय गरे ।
पुरुष डबल्समा भारतका निशान्त दबस र अमन दहिया तथा भारतकै अनग्रह गांगुली र करण सिंहको जोडीले उपाधि भिडन्त पक्का गरे । उक्त स्पर्धाको महिलामा अमेरिकाकी रुतुजा छप्हल्कर र भारतकी रुदया शाह तथा बेल्जियमकी रोमाने र भारतकी रिया उबोभेजा फाइनलमा पुगे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु