आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमारसुवामा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश, सभापति देउवाद्धारा स्वागतफेसियल हाउसले ल्यायो विशेष अफरः हेयर वाक्सिङ र जेलनेलमा भारी छुटप्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्नेफिल्म ‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजीसागका पदक विजेता सम्मानितरेगन फाइनलमाएन सेलला कि एन टि सि ला सिम” गोन्बो म्यूजिक प्रोडक्सनबाट सार्वजनिकटोखाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसहित तीन स्थानबाट कोभिड खोप प्रदान गर्ने४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन(हेर्नुस् भिडियो )

बिगफुड ल्याण्डले अर्गानिक खाद्य पदार्थ प्रबद्र्धन तथा बिक्री वितरण शुरूवात –

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ०९:२५

काठमाडौं । नेपालका बिभिन्न जिल्लाका किसान समूहबाट उत्पादित र संकलित रैथाने कृषि उपजहरु प्रशोधन र प्याकिङ गरीएका अर्गानिक खाद्य पदार्थ प्रबद्र्धन तथा बिक्री वितरण शरूवात गरिएको छ।

प्रशोधन र बिक्री केन्द्र समेत एकीकृतरुपमा सञ्चालन गर्ने योजना सहित नेपाल अधिराज्य भरी किसानहरुले उत्पादन गरेका जैविक तथा विषादी बिहिन तरकारी तथा अन्य खाद्य बस्तुहरु औपचारिक रुपमा बिक्री वितरण शुरूवात गरिएको हो।

राजधानीको बतिसपुतलि स्थित बिग फुड ल्याण्डमा प्रत्येक हप्ता शनिबार बिहान ८ः०० बजे देखि दिनको २ः०० बजे सम्म बिगफुड ल्याण्डमा प्रांगणमा बिचौलियाको बाट नभई सिधै किसानबाट नै आफनो फार्मबाट उत्पादित अर्गानिक खाद्य बस्तुहरुको बिक्री बितरण हुदै आएको संचालक टिमका राम पुडासैनी ले जानकारी दिनु भयो।

२० देखि २२ वटा स्टलहरु रहने र स्टलमा बेकरीका परिकारहरु,बिभिन्न तरकारीहरु,हरियो सागपात,फलफुल जुस डेरीका परिकार,नेपाली कफी,हुम्लाको सिमीको दाल,मार्सी चामल, लोकल अण्डा,बिभिन्न नेपाली अचारहरु, सिस्नुको पाउडर, हिमाली जडिबुटी, जिम्बु, जौको सातु, टिमुर,मह,कोदोकोे पिठो, फापरको पिठो,मकैको पिठो,ग्रिन टी,हर्बल टी लगाएतका भान्सामा प्रयोग हुने खाद्य बस्तुहरुको साथै फुल सहितको स्वच्छ,स्वस्थ एवं गुणस्तरिय मासु सुलभ मुल्यमा बिक्री गरिने आयोजकले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु