चितवन । टिन वाल्डवाइड नेपाल २०२१ को अडिसन म्याजेष्टिक गु्रपद्वारा टिन वाल्डवाइड नेपाल २०२१ को शुभारम्भ गरेको छ ।
सिजी ल्याण्डमार्गको परिसरमा आयोजित अडिसन राउण्ड पछि प्रतियोगिताको शुभारम्भ गरिएको घोषणा भएको जानकारी गराइएको थियो ।
म्याजेष्टिक गु्रपका प्रबन्ध निर्देशक प्रोसेसजङ थापाको संयोजकत्वमा सम्पन्न भएको अडिसन कार्यक्रममा चितवन आसपासका युवायुवतीहरुको सहभागिता रहेको थियो । प्रतियोगिहरुले ड्रान्स, गीतहरु प्रस्तुत गरेका थिए ।
विभिन्न चरणमा गरिने अडिसनबाट एकसाथ फाइनलको लागि प्रतिस्पर्धीहरु लगिने थापाले जानकारी दिए । अडिसन राउण्ड सकिए लगत्तै टे«निङ कक्षाको शुरु गरिने थापाले बताए ।
पहिलो चरणको अडिसनमा युवा व्यवसायी एवं समाजसेवी राकेशमान श्रेष्ठ, चर्चित पत्रकार राजु भट्ट, मोडलहरु समिर अधिकारी र मनिष सुनारले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।