१४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको इतिहास –
प्रेम त प्रकृतिमा छ, प्रेम हाम्रै वरिपरी छ अनि प्रेम जहाँ टेक्यो त्यहीँ छ, जता हिंड्यो त्यता त्यतै छ ।
माटोमा, फूलमा, हावामा, जूनमा, रुख बिरुवामा जतासुकै पनि प्रेमै प्रेम छ । वास्तवमा महशुस गर्न सक्नुपर्छ प्रेमले हेर्दा, बोल्दा, खोज्दा र अनुभूत गर्दा सबै वस्तुमा प्रेम भेटिन्छ।
हरेक सजिब निर्जीव अनुहारमा प्रेम भेटिन्छ र हरेक मुस्कानमा प्रेम भेटिन्छ ।
प्रेम अथाह हुन्छ, यो नत दिएर सकिन्छ नत लिएर सकिन्छ ।
धन कमाउने मान्छे कहिलेकहिँ धन सकिएर रित्तिएलान तर प्रेम दिने मान्छे कहिले पनि रित्तिएको सुनिएन र देखिएन पनि ।
त्यसैले त भनिन्छ जति दियो उति बढ्ने वस्तु नै प्रेम हो।
प्रेमले गरिबको छाप्रोलाई पनि स्वर्ण महल बनाई दिन्छ।
यो दिवसको सुरुवात प्राचिन रोमनबाट शुरु भएको हो । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक शुरुवात इस्वी सम्वत २६९ रोमनबाट शुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।
यो दिवसको इतिहास
तत्कालीन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए रे ।
प्रेम तथा विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए रे।
तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।
उनले प्रतिबन्धको उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराइदिए ।
सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो ।
आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले “लभ फ्रम योर भ्यालेन्टाइन” भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अथार्त जेलरकी छोरीलाई दिएको कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।
उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।
यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीलाई प्रेम दिवसको रुपमा “भ्यालेन्टाइन डे” मनाउने गरिएको हो ।
रामचन्द्र तिम्सिना
(आवाज)