राजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहारट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक : न्यौपानेहाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप बैशाखको पहिलो सातादीपक प्रिक्वाटरफाइनलमा

मिस टिन ईन्टरनेशनल नेपाल’ २०२०/२१ को उपाधी समिक्षा निरौला को हातमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार १०:५५

काठमाडौँ — फागुन ०२, २०७७।

क्रिएटिभ नेरोद्धारा हालै आयोजित ‘मिस टिन ईन्टरनेशनल नेपाल’ २०२०/२१ को उपाधी समिक्षा निरौलाले जितेकी छिन् ।

गठ्ठाघर, भक्तपुरकी १८ वर्षिय समिक्षाले उपाधिको साथमा विधागत तर्फको मिस क्याट वाकको अवार्डसंगै ‘मिस टिन ईन्टरनेशनल नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै भौतिक दुरी कायम गर्दै ललितपुरस्थित झम्सिखेलमा रहेको द अर्वान हब मा सम्पन्न प्रतियोगितामा बौद्दकी १७ वर्षिय सोनिया तुलाधरले मिस टीन युनिभर्स नेपाल र विधागत तर्फको मिस पपुलर अवार्ड जितिन् । त्यसैगरी नया बानेश्वरकी १८ वर्षिय आस्था कुवँरले मिस टिन ग्लोबल ब्युटी नेपालको उपाधी संगै विधागत तर्फ मिस फोटोजेनिक अवार्ड हात पार्दा भक्तपुरकी १३ वर्षिय सिमरन कुटुले मिस टिन चार्म नेपालको उपाधीसंगै विधागत तर्फको मिस ट्यालेन्ट अवार्ड हात पारिन।

साथै बानेश्वरकी १७ वर्षिय स्मारिका बरालले मिस टीन प्लानेट नेपालको उपाधी संगै विधागत तर्फको मिस पिपुल्स चोइसको अवार्ड आफ्नो हातमा पार्न सफल भईन।

विधागत तर्फ भने स्मृती डाँगी अर्गनाईजर चोइस, बिहानी श्रेष्ठ मिस कन्जिनियालिटी, श्रेया गुरुङ मिस फेशन आइकन, दिक्षा तामाङले बेस्ट स्माईलको अवार्ड आ-आफ्नो हातमा पार्न सफल भए।

त्रिलोक बिक्रम थापाको कोरियोग्राफी र सवल नकर्मीको कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा मोडल तथा ईभेन्ट मेनेजर सुशान्तकाजी श्रेष्ठ, दिक्षा चौधरी, चन्द्र सिरमल, फ्लाबिया श्रेष्ठ, सुमन खड्का,रुबिश्का श्रेष्ठ निर्णायक रहेका थिए।

टेकुस्थित मसला कटेजमा करिव दुई हप्तासम्मको सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरी अन्तिम प्रतिस्पर्धामा सहभागी गराईएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक जनक मगरले गराए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु