दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संवादखबर डटकम प्रारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते, मंगलवार १५:२२

फागुन ४, काठमाडौं । श्री वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गरेको छ ।
नेपाली संस्कार, सस्कृति, नेपाली माटोको विचारलाई आत्मासात गर्दै नेपालको मौलिकतालाई पहिलो प्राथमिकता राख्ने गरी संवाद खबर डटकम प्रारम्भ भएको हो । नेपाली सञ्चार जगतको उन्नयनका लागि निरन्तर काम गर्ने उद्देश्यका साथ आफ्नो कार्यलाई अझ प्रभावकारी र सशक्त बनाउने क्रममा नेपाल संवाद केन्द्रले अनलाईन संवाद खबर डटकम प्रारम्भ गरेको हो ।
शुभराम्भ कार्यक्रमका प्रमुख अतिथि हिमाल दृष्टि पत्रिकाका सह–सम्पादक विजय मिश्रले कार्यक्रमको उद्घाटन गर्दै हरेक विषयमा जिम्मेवार तथा गहन सन्तुलित खबर/समाचार सम्प्रेषण गर्ने उद्देश्यका साथ संवाद खबर डटकमको शुरू गरिएको बताउनु भयो । संवाद खबर डटकमको प्रारम्भ कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यालय प्रमुख सन्तोष आचार्य, नागरिक निगरानीका संम्पादक रविराज रिमाल, स्टुडेन्ट कन्सेप्ट पत्रिकाको सम्पादक मोहन श्रेष्ठ, नेपाल एलर्टका सञ्चालक भुपेन्द्रबहादुर क्षेत्री, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सह–केन्द्रीय कार्यालय प्रमुख तर्कराज पाठक, वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटे, पत्रकार निशा तामाङ्ग लगायत अतिथिको उपस्थिति रहेको थियो । सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले कार्यक्रममा संवाद खबर डटकमलाई शुभकामना र शुभेच्छा, व्यक्त गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु