Talk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ
  • सामुदायिक सेवा केन्द्र टुँडालदेवी द्वारा ट्राफिक स्वयंसेवक परिचालन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार १६:०२

    काठमाडौँ,०४ फागुन। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त,दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३००जना ट्राफिक स्वयंसेवकलाई १० दिनसम्म परिचालन गरिदै छ ।

    सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन अन्तरगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले बालुवाटार चोकमा हिजो देखि बिहान ९ देखि ११ र साझ ४ देखि ६ बजे सम्म पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्ने र नियम पालना गर्न सन्देश प्रवाह गरिरहेको छ।

    स्वयमसेवक परिचालनबाट ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस भएको र आम सडक प्रयोगकर्तालाई सहजता मिलेको र व्यस्त सडकमा ट्राफिक बनेर काम गर्दाको नौलोपना साथै सामाजिक काम गर्न पाएकोमा खुसी लागेको सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्याैपानेले बताए ।

    आजको स्वयंसेवक परिचालनमा अध्यक्ष न्याैपाने सहित समाजसेवी राजेन्द्रमान जोशी,शर्मिला खनाल,सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापा (धमला)साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा स्वयमंसेवकहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु