फेसियल हाउसले ल्यायो विशेष अफरः हेयर वाक्सिङ र जेलनेलमा भारी छुटप्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्नेफिल्म ‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजीसागका पदक विजेता सम्मानितरेगन फाइनलमाएन सेलला कि एन टि सि ला सिम” गोन्बो म्यूजिक प्रोडक्सनबाट सार्वजनिकटोखाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसहित तीन स्थानबाट कोभिड खोप प्रदान गर्ने४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन(हेर्नुस् भिडियो )शुक्रबार देखि देशभरका सिनेमा घरमा चलचित्र ´गोर्खे` प्रदर्शन हुँदैहेर्नुहोस आज २०७७ साल फागुन २० गते, बिहीवारको राशिफल

तुल्सी मिडियाले नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्ने घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १३:४४

काठमाडौं, ५ फागुन –तुल्सी मिडियाले ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्ने घोषणा गरेको हो । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले आगामी चैत्र १४ गते शनिबार राजधानीमा अवार्डको भव्य समारोह गरिने गरी तयारी सुरु भएको बताएका छन् ।

अवार्डमा ३९ विधा समावेश गरिएको छ‚ जसमा लोक, पप, आधुनिक र फिल्मअन्तर्गतका संगीत रहेका छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, सङ्गीतकार, नायक र नायिका समावेश छन् । यस्तै फिल्मतर्फ गीत, सङ्गीतकार, गायक र गायिका छन् भने सबै विधाअन्तर्गत नवगायक, नवगायिका, नवनायक र नवनायिकालाई समावेश गरिएको छ ।प्राविधिकतर्फ सबै विधाअन्तर्गत छायांकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकअप आर्टिस्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै पपुलर विधाअन्तर्गत गीत, सङ्गीतकार, गायक, गायिका, नायक तथा नायिका छन् ।

पपुलरतर्फका सबै विधामा प्रत्यक्ष भोटिङसमेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशकभन्दा लामो समय संगीतमा बिताएका एक स्रष्टालाई नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिनेछ यही फागुन ३ गतेबाट २१ गतेसम्मका लागि सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । निःशुल्क फर्मका लागि आयोजकलाई सम्पर्क गर्न सकिनेछ भने डिजिटल प्रविधिमार्फत् पनि फर्म भर्न सकिने मिडियाले जनाएको छ ।

नेपाल बेस्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यको नाम भने अवार्डको दिनमात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ । नेपाली गीत संगीतलाई प्रवर्द्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशीलतालाई यस अवार्डले अझ बढाउने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु