Talk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ
  • बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा ‘फुलबुट्टे सारी’ को लिजेण्डरि भर्सन रिलिज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १५:३७

    काठमाडौ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा ‘फुलबुट्टे सारी’ को लिजेण्डरि भर्सन रिलिज भएको छ ।

    मेल,फिमेल र चाइल्ड भर्सनमा निकै रुचाईएको गीतको लिजेण्डरि भर्सनलाई राजधानीमा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको हो।

    मार्मिक लामाको आवाज र राजनराज शिवाकोटीको शब्दर संगीतमा १२ बर्ष अगाडी रेकर्ड गरिएको गीतको चर्चा यतिबेला निकै चुलिएको थियो।

    मिलन नेवारको आवाजमा फिमेल भर्सनमा रिलिज भएको गीतले रेकर्डमय दर्शकको साथ बटुलेको थियो।

    अरिश्मा शिवाकोटीको आवाजमा गीतको चाइल्ड भर्सन रिलिज भएको थियो।
    लिजेण्डरि भर्सनको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा फिचर रहेका छन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन्।

    उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।
    भिडियो रिलिज कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अथिति रहेका थिए। हरिवंशले गीत र भिडियोको खुलेर प्रशंसा गरेका थिए। उक्त समारोहमा हरिवंश आचार्यलाई सम्मान गरिएको थियो।

    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु