भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिक साम्मनितदलितहरु अब आफ्नै लागि लड्नु पर्छ - बसन्त परियारपछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरसको संक्रमणनेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्तासनिल क्वार्टरफाइनलमागाउँ पर्यटन प्रवर्द्धन मञ्चको अध्यक्षमा सुवेदीको उम्मेद्ववारी घोषणापाटनमा फाल्गुण २१ देखी मच्छिन्द्रनाथ धार्मिक महोत्सव शुरु हुँदैप्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने"के पायौं हाम्ले"-रामचन्द्र तिम्सिनाहेर्नुस् आज २०७७ साल फागुन १९ गते, बुधवारको राशिफल

फलामे संरचनामा पहिचान बनाउँदै “बिल्डकन डिजाइन एण्ड डेभलपर्स प्रा.लि.”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १७:१६

भरतपुर/फलाम र प्रिफ्यान प्यानल प्रयोग गरी संरचना बनाउने टे«न्ड बढेसँगै चितवनको भरतपुरमा सो सम्बन्धि परामर्श सेवा दिने देखि संरचना निर्माण गरी हस्तान्तरण गर्नेसम्मको कार्य गर्ने गरी बिल्डकन डिजाइन एण्ड डेभलपर्स प्रा.लि.सञ्चालन गर्दै आईरहेको छ । विगत १० वर्षदेखि भवन सम्बन्धि निर्माण क्रियाकलापमा सम्लग्न प्राविधिकहरुको प्रत्यक्ष सम्लग्नतामा सञ्चालित यस कम्पनीले आवासीय प्रयोजनको भवनदेखि व्यापारिक भवन, औद्योगिक संरचना, होटल, रिसोर्टदेखि कोल्ड स्टोरसम्मको कार्य गर्दै आईरहेको छ । हाल स्याङ्जामा कोल्ड स्टोर, भरतपुर–१०, हाकिमचोकमा फलामे संरचनामा निर्मित चितवन मिडटाउन रिसोर्ट लगायत देशको मुख्य शहरहरु काठमाण्डौं, पोखरा, बुटवल, कपिलवस्तु लगायतका ठाउँहरुमा परियोजनाहरु सञ्चालनमा छन् ।
आफ्नै डिजाइन स्टुडियो देखि परियोजनामा समेत कुशल प्राविधिकहरुको संलग्नताले कम्पनीको कार्यलाई सस्तो, गुणस्तरीय, समयानुकुल र समयमा परियोजना सम्पन्न गर्न सफल हुँदै आएको छ । चितवनमा धेरै प्राविधिकहरु रहेको र आफूहरु जस्तै निर्माणमा सम्लग्न कम्पनी पनि धेरै रहेको तर सम्पूर्ण परियोजनाको जिम्मेवारी दिन सकिने कम्पनीको अभावलाई महशुस गरी कम्पनीले प्रिफ्याव र फलामे संरचनालाई परिस्कृत रुपमा बिस्तार गरेको जनाएको छ ।
परियोजना सम्पन्न गर्न काठमाण्डौंबाट नै प्राविधिक परामर्शदाता झिकाउनुपर्ने व्यवस्थालाई कम गर्न आफ्नो सेवा सोही अनुसार बिस्तार गरेको कम्पनीका प्रबन्ध निर्देशक इन्जिनियर रोचक अधिकारीले जानकारी दिनुभयो । त्यसमा पनि आफ्नै दक्ष जनशक्ति सहितको फ्रेबिकेशन हाउस र प्रिफ्यान उत्पादन गर्ने कम्पनी समेतको सिधा सम्लग्नता रहेकाले हरेक खालका ग्राहकको आवश्यकता पूरा गर्न कम्पनी सक्षम रहेको प्रबन्ध निर्देशक अधिकारी बताउनुहुन्छ ।
छिटो, सस्तो र आकर्षक रहने भएकाले विश्वमा नै फलामजन्य संरचनाको आकर्षण बढ्दो छ । विश्वका सफल मुलुक अमेरिका, जापान, कोरिया, चाइना, मलेसिया लगायतका देशमा गगनचुम्बी भवन फलाम र प्रिफ्याबबाट नै बन्ने गरेका दृष्टान्त दिदै अझ गुणस्तरीय निर्माणको लागि विदेशी प्रविधिको प्रयोग र फलामको ग्रेडमा समेत स्तर वृद्धि गर्दै लैजाने कम्पनीका इन्जिनियरिङ डाइरेक्टर सन्दिपमान शाक्य बताउनुहुन्छ ।
शाक्य बताउनुहुन्छ । कम्पनीबाट ग्राहकले निःशुल्क प्रारम्भिक परामर्श सेवा, वास्तु अनुसारको परियोजना डिजाईन, इकोनोमिकल तथा कस्टमाइज स्ट्रक्चरले डिजाईन, इलेक्ट्रिकल एवं सेनिटरी परामर्श एवम् डिजाईन, लागत इस्टिमेट लगायत डिपिआर समेतको सेवा लिन सकिन्छ ।
ग्राहक सन्तुष्ट रहेमा कम्पनीबाट प्राप्त डिपिआर अनुसारको निर्माणको पूर्ण जिम्मेवारी लिई परियोजना हस्तान्तरण समेत गर्ने कम्पनीले जनाएको छ । परियोजनाको लागि आवश्यक सम्पूर्ण दक्ष प्राविधिक रहेकाले ग्राहकलाई निश्चिन्त भरपर्दो सेवा दिने समेत कम्पनीले आश्वस्त पारेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु