पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • पर्यटन विभागले होटलहरूको स्तर निर्धारण, होटलमा राखिने संकेतको नमुना सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार ०९:१५

    काठमाडौं । पर्यटन विभागले होटलहरूको स्तरनिर्धारणका सम्बन्धमा निकै महत्वपूर्ण निर्णय गरेको छ । विभागको निर्णयको बिबरण र होटलमा राखिने संकेतको नमुना यहाँ संलग्न गरिएको छ । अब सबै नागरिकले कुन होटल कुन स्तरको हो भन्ने कुरा जान्न र देख्न सक्नेछन ।

    १. सवैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा संकेत चिन्हको रूपमा तारा (STAR) चिन्ह निर्धारण गर्ने।
    २. सवैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलले देहायको संख्यामा तारा (STAR) चिन्ह प्रयोग गर्नुपर्नेः
    क) एक तारास्तरको होटलका लागि ——————–एक तारा
    ख) दुई तारास्तरको होटलका लागि ——————–दुई तारा
    ग) तीन तारास्तरको होटलका लागि ——————- तीन तारा
    घ) चार तारास्तरको होटलका लागि ——————- चार तारा
    ङ) पाँच तारास्तरको होटलका लागि —————- —पाँच तारा
    च) पाँच तारा डिलक्सस्तरको होटलका लागि ———– पाँच तारा र डिलक्स शव्द
    छ) साधारण हेरिटेज बुटिक होटलका लागि ———— तीन तारा र स्याण्डर्ड हेरिटेज बुटिक शव्द
    ज) डिलक्स हेरिटेज बुटिक होटलका लागि ———— चार तारा र डिलक्स हेरिटेज बुटिक शव्द
    झ) लक्जरी हेरिटेज बुटिक होटलका लागि ———— पाँच तारा र लक्जरी हेरिटेज बुटिक शव्द
    ञ) साधारण रिसोर्टको लागि ————————- तीन तारा र स्याण्डर्ड रिसोर्ट शव्द
    ट) डिलक्स रिसोर्टको लागि ————————- चार तारा र डिलक्स रिसोर्ट शव्द
    ठ) लक्जरी रिसोर्टको लागि ————————- पाँच तारा र लक्जरी रिसोर्ट शव्द


    ३. साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटकस्तरको होटलमा स्तरवर्गीकरण भएका होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा TS लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गर्ने।
    ४. साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा m लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गर्ने।
    ५. साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा i लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गर्ने।
    ६. साविकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयमा दर्ता भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा B&B लेखिएको चिन्हलाई संकेत चिन्हको रूपमा निर्धारण गर्ने।
    ७. सवैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलले होटल/रिसोर्टको प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार (SIZE) मा होटल/रिसोर्टको बनौट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह सहितको साइनबोर्ड राख्नुपर्ने।
    ८ पर्यटकस्तरका होटलले होटलको प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार (SIZE) मा होटलको बनौट अनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र रातो रङ्गमा TS लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।
    ९ मोटलले मोटलको प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार (SIZE) मा मोटलको बनौट अनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र रातो रङ्गमा m लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।
    १० पर्यटक इनले प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार (SIZE) मा पर्यटक इनको बनौट अनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र रातो रङ्गमा i लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।
    ११ बेड एण्ड ब्रेकफाष्टले प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकार (SIZE) मा बेड एण्ड ब्रेकफाष्टको बनौट अनुसार सजिलै देखिने गरी गोलाकार रेखाभित्र B&B लेखिएको चिन्हसहितको साइनबोर्ड राख्नुपर्ने।
    १२ सवैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका बुटिक होटलमा प्रवेश गर्दा पाहुनाहरूले स्पष्ट र सजिलै देखिने गरी आगमन कक्ष/स्वागत कक्षको आसपासमा होटल/रिसोर्टको बनौट अनुसार न्यूनतम ८× १२ इन्च र अधिकतम २४× ३६ इन्च आकार (SIZE) मा देहाय बमोजिम साइनबोर्ड राख्नुपर्नेः
    क) पित्तल (BRASS) को प्लेट भएको साइनबोर्ड,
    ख) साइनबोर्डको माथिल्लो भागमा नेपालको रङ्गीन निशाना छाप,
    ग) निशाना छापको ठीक मुनितिर तोकिएको संख्यामा रहेका रातो रङ्गका तारा,
    घ) तारा चिन्हको ठीक मुनितिर कालो रङ्गको तेर्सो धर्का,
    ङ) कालो रङ्गको तेर्सो धर्काको ठीक मुनितिर होटल/रिसोर्टको नाम,
    च) होटल/रिसोर्टको नामको ठीक मुनितिर कालो रङ्गको तेर्सो धर्का,
    छ) पर्यटकस्तरका होटलहरूले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमा TS लेखिएको चिन्ह राख्ने,
    ज) मोटलले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमा m लेखिएको चिन्ह राख्ने,
    झ) पर्यटक इनले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमा i लेखिएको चिन्ह राख्ने,
    ञ) बेड एण्ड ब्रेकफाष्टले ताराको सट्टा गोलाकार रेखाभित्र रातो रङ्गमा B&B लेखिएको चिन्ह राख्ने,
    ज) होटल एसोसियसन नेपाल वा होटल व्यवसायीहरूको साझा संस्थाका सदस्य रहेका होटल/रिसोर्टले उक्त संस्थाको प्रतीक चिन्ह समेत राख्न सक्ने।
    झ) यस्तो प्रतीक चिन्ह राख्नुपर्दा नेपालको निशाना छापको एक चौथाइ कम आकारमा रहने गरी होटल/रिसोर्टको नाम लेखिएको स्थानबाट दायाँतर्फ राख्नुपर्ने।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु