आज प्रजातन्त्र दिवस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते, शुक्रबार ०९:५२

काठमाडौं, ७ फागुन ।आज प्रजातन्त्र दिवस । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

२००७ सालको आन्दोलन सफलता पश्चात निरङ्कुश राणा शासन अन्त्य भइ प्रजातन्त्रको स्थापना भएको खुशीको दिनकाे रूपमा याे दिनलाइ स्मरण गरिन्छ ।

यसै दिनकाे गाैरबमय इतिहास र वीर सहिदहरूकाे बलिदानकाे सम्झनासहित देशका प्रमुख व्यक्ति, राजनैतिक नेतृत्वहरुले यस अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् ।

नागरिक समाजले प्रजातन्त्र दिवसकै अवसर पारेर आज टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको छ ।

‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्ने तयारी गरिएको छ ।

बिहीबार नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बिभिन्न भाषामा विज्ञप्ति जारी गर्दै नागरिक समाजले टुँडिखेल मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ ।

नागरिक समाजले टुँडिखेल आम नागरिकको स्वामित्व भएकाले त्यो नाागरिककै अधिकारक्षेत्रमा आउनुपर्ने माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु