मोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्ननेपाल महिला चेम्बर ट्रेड फेयर आजबाट शुरु हुँदैहेर्नुस् आज २०७७साल फागुन २४ गते, सोमवार को राशिफलपत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानितअग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसलाई "नेपाल्स नम्बर वान ब्युटी सैलुन "अवार्ड प्रदानतिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्ने

सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा ’ बीमा योजना शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार १५:२०

काठमाडौं, फागुन ७ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पुजा ’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ आज एक कार्यक्रमकाबिच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गुर्न भएको हो ।
यस योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशत सम्म बीमा कभर पर्दान गर्ने छ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । अन्नततः बीमितको उमेर ८३ पुरा भइ ८४मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।
‘सूर्या चौरासी पुजा ’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बीमाङ्कक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशिले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गदै सफलताको शुभकामना दिएका छन् । साथै उनले आगामी दिनमा यस योजनाले बृद्ध,बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए । जोशीले चौरासी पुजा के हो ? कस्तो हो भन्ने विषयमा जोशीले प्रकाश पार्नु भएको थियो ।
यस्तै कार्यक्रममा सूर्या लाइफइन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृति कम्पनीका सिओ कमल कुमार खतिवडाले स्वागत गर्नुका साथै ‘सूर्या चौरासी पुजा ’नामक नयाँ बीमा योजनाका बारेमा प्रकाश पार्नु भएको थियो । प्रमुख खतिवडाले आगामी दिनमा यो योजनामा आफुहरु सधैं प्रयत्नशिल रहने बताउनुभयो । विगतका कार्यलाई आत्मासाथ गर्दै अगाडि बढ्ने दृढता पनि उनले व्यक्त गर्नुभयो ।
यस्तै कम्पनीका संस्थापक शेयरधनी विवेक झाले यो बीमा योजना करिब ५ वर्षदेखि सन्चालनमा रहेको र दुई वर्षपछि मात्रै यसमा केहि परिवर्तन आएको बताउनुभयो । अब यस बीमा योजनाले भविष्यमा ठूलो फड्को मार्ने उनले बताए । बीमा बजारमा अरुको पछाडि नलागेर आफंै दिन र लीन सक्नु पर्ने वातावरण नभएको बताउँदै उनले यस्तो वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो । उनले भने, ‘ निड अनुसारमा बीमा बजारमा ल्याउन जरुरी छ, जुन प्रोडक आफैलाई किनौ किनौ लाग्छ त्यो बिमा नै बिक्छ ।’
साथै कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान समेत गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतः निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तिन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम शताब्दी पुरुष सत्यमोहन जोशी, कम्पनीका ब्रान्ड एम्बेसडर गायिका इन्दिरा जोशि, कम्पनीका संस्थापक शेयरधनी विवेक झा, कम्पनीका अध्यक्ष केशब प्रसाद भट्टराईले संयुक्त रुपमा सूर्या चौरासी पुजा बीमा योजनाको अनावरण गर्नु भएको थियो ।
कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्यहरु, कम्पनीकम संस्थापक शेयरधनी , निमित्त प्रमुख कार्यकारी पवन कुमार खड्कालगायत विभागीय प्रमुखहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु