बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्छ’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते, शनिबार १७:२५

काठमाडौं – ८ । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्ने बताउनुभएको छ । नेपाल गृहस्थ धर्मसेवा सदनले आज यहाँ आयोजना गरेको ‘सहभोज कार्यक्रम तथा पत्रकार सम्मेलन’मा उहाँले पछिल्लो समय विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराउने खेल बढेको भन्दै त्यसलाई रोक्नका लागि जनस्तरबाटै पहलकदमी लिनुपर्ने बताउनुभएको हो । “धर्मका बारेमा ज्ञान भएको नेतृत्व अहिले मुलुकलाई चाहिएको छ”, उहाँले भन्नुभयो । पूर्वरक्षामन्त्री प्रधानले परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व भएको बतानुभयो ।

काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले धर्मको रक्षा गर्ने दायित्व जनताको भएको बताउनुभयो । धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाउने उहाँको भनाइ थियो । रिपोर्टर्स क्बल नेपालका अध्यक्ष ऋषि धमलाले घरघरबाट जातीय विवेदको अन्त्य नगरेसम्म छुवाछुतमुक्त देश बन्न नसक्ने धारणा राख्नुभयो । विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले धर्मको रक्षाका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । एक दशक पहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहेको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु