काठमाडौं । नायिका करिना कपुर आमा बनेकी छिन् । उनले आइतबार मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी छन्।
भारतीय मिडियाका अनुसार,करिनालाई शनिबार बेलुकी अस्पताल भर्ना गरिएको थियो । उनले, एक विज्ञापनको छायांकन शनिबार नै गरेकी थिइन् ।
गर्भवती भएको समयमा पनि करिनाले विज्ञापन, फिल्म र फोटोसुटको कामलाई रोकेकी थिइनन् । सैफ र करिनाको बिहे सन् २०१२ को अक्टुबर १६ मा भएको थियो ।
सन् २०१६ को डिसेम्बर २० तारिखमा उनीहरुले पहिलो सन्तानको रुपमा तैमुरअली खानलाई जन्म दिएका थिए ।