१० फाल्गुन, काठमाडाैं । अघिल्लो दिन वृद्धि भएको सुनको मूल्य स्थिर रहेको छ । फागुन १० गते, सोमबार सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोाला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । साताको पहिलो कारोबार दिन सुन तोलामा ८०० रुपैयाँले बढोत्तरी भएको थियो ।