दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

अप्पर खुदी जलविद्युत आयोजनाको सहवित्तियकरण कर्जामा बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइ भुमिका

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार २२:०२

काठमाडौं ।बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रा.लि.बिच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा आज मिती २०७७ फाल्गुन १० गते हस्ताक्षर भएको छ । २१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत रु ४ अर्ब १९ करोड रहेको छ । सुपर खुदी जलविद्युत प्रा. लि. ले लमजुंग जिल्लाको मस्र्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइमा रहेकोे उक्त सहवित्तियकरणको सदस्य बैंकहरुमा ग्लोबल आई.एम.ई. बैंक लि., सिभिल बैंक लि., मेगा बैंक नेपाल लि. तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. रहेका छन् ।
उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७०% बैंकहरुको सहवित्तियकरण कर्जा र बाँकी ३०% उक्त कम्पनीको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । साथै उर्जा क्षेत्रमा बैंक अफ काठमाण्डू लिमिटेडको सम्लग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु