आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमारसुवामा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश, सभापति देउवाद्धारा स्वागतफेसियल हाउसले ल्यायो विशेष अफरः हेयर वाक्सिङ र जेलनेलमा भारी छुटप्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्नेफिल्म ‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजीसागका पदक विजेता सम्मानितरेगन फाइनलमाएन सेलला कि एन टि सि ला सिम” गोन्बो म्यूजिक प्रोडक्सनबाट सार्वजनिकटोखाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसहित तीन स्थानबाट कोभिड खोप प्रदान गर्ने४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन(हेर्नुस् भिडियो )

कथा अन्यायमा कुकुर -रामचन्द्र तिम्सिना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार ०८:१३

कथा अन्यायमा कुकुर -रामचन्द्र तिम्सिना (आवाज)

एकाबिहानै आकस्मात ठुलै स्वर गुन्जियो बजारमा कुनै बाघले कुकुरलाई झम्टिए जस्तै लाग्यो।
मान्छेहरु आपसमा कुरो गर्दै दौड्दै थिए।कोहि भन्दै थिए जे भयो राम्रै भयो जस्तालाई त्यस्तै भयो, कोहि भन्दै थिए यहाँ कुकुर माथि अन्याय भयो।
पिउँदै गरेको चियाको गिलाँस थपक्क भुँईमा राखेर कुदें म पनि त्यही भिड तिर।म दौडिएको देखेर मेरि श्रीमती, छोराछोरी र छरछिमेकीहरु पनि दौडिन थाले।

निकै कौतुहलता जाग्यो बोल्न कोहि तयार थिएनन सबैले आ-आफ्नै तर्क पस्किदै थिए।
निकै पर एकहुल मान्छेहरु झण्डा ब्यानर लिएर मुर्दावाद/मुर्दावादको नारा जूलूस सहित निस्कियो बिरोधमा।
यत्ती छिटो मरेको लाशलाई मलामी पनि जुट्दैन थियो हाम्रो गाउँमा ।
अस्ति जस्तै लाग्छ बिमला बैनी रुखबाट खसेर बेहोस भएकी धन्न हात मात्रै भाँचिएको थियो।
अस्पताल लैजाने बिषयमा ३ घण्टा पछि मात्र बल्ल सहमति जुटेको थियो।

उताको बिरोध प्रदर्शनमा पुलिसले रोक्न खोज्दाभिड झन उग्र बनेछ पुलिसिया हस्तक्षेप भयो भन्दै हेर्दाहेर्दै सडकमा टायर बल्न शुरु भैसकेको थियो।
गाडिका सीसाहरु फुट्न थालिसकेका थिए।
के हुँदैछ यहाँ मेरो मथिंगलमा केही घुसेकै थिएन।
यतापटिबाट पनि निस्किएको अर्को जूलूसले मुर्दावाद भन्दा पो झसंग भए।
उताको बिरोध जूलूसको बिरोधमा यता अर्को जूलूस शुरु भैसकेको थियो।

हेर्दाहेर्दै मुठभेड शुरु भयो कोलाहल र होहल्ला बिच कतिका टाउका फुटे कतिका हात खुट्टा भाँचिए।
राजनीतिक रंग दिईयो कर्फ्यु लाग्यो बजार अस्तब्यस्त बन्यो भौतिक संरचनाहरु ध्वस्त बने।

जहाँबाट घटनाको शुरूवात भएको थियो त्यहाँ शान्त भने थियो बाहिर उग्र थियो।
प्रसाशनको कर्फ्यु र आन्दोलनकारिको ढुंगा छल्दै म त्यहाँ पुगे सत्यतथ्य बाहिर ल्याएँ।

कुरो यस्तो रहेछ –
बिर्खे दाईलाई हिजो राती छिमेकी हर्केले ए पाउ मासु र एक माना रक्सी दिएको रहेछ बिर्खेले पहिला रक्सी तनतनी हुलेछ र मासु त्यहीँ भुलेर मस्त सुतेछ।
रक्सिको नशा सकिए पछि ब्युँझिएर हेर्दा मासु सबै कुकुरले खाईदिएछ।
रक्सिको धङधङीले बिर्खे मुर्मुराउँदै गएर कुकुरको खुट्टो टोकिदिएछ।
कुकुर तीन खुट्टो टेकेर कुँई कुँई गर्दै भाग्दा जम्मा भएको भिड रहेछ।

को अन्यायमा पर्यो कस्ले न्याय पाउनु पर्ने थियो फैसला तपाईहरु नै गर्नु होला।
अहिलेलाई भने यति नै सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा सिधैं कुकुरहरुको कानमा जाला ….।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु