रैथानेमा रमाएका तिलक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार ०८:५५

काठमाडौं/संरक्षणविद् तिलक ढकाल वन, वातावरण र जैविक विविधताको क्षेत्रमा राम्रैसँग भिजेका व्यक्ती हुन । प्रकृती प्रेममा रमाउदै दुई दशक बिताएका उनमा प्रकृती प्रति जती प्रेम छ उत्तिकै लगाव नविनतम र प्रेरक काममा पनि छ । रैथाने एग्री प्रोडक्ट नेपाल प्रालिको थालनी त्यसैको उपज मान्न सकिन्छ । केही सिर्जनशिल कार्य गरिरहने बानी, संस्कार र संस्कृती प्रतिको झुकाव अनि जीवनमा केही गर्ने हुटहुटी, यस्तै सदगुणले उनलाई सधैं प्रगती पथ र चर्चाको शिखरमा डोर्याई रह्यो । गहन जिम्मेवारीलाई काँधमा बोक्ने हिम्मत र जोश बोकेका ज्ञान, सीप र क्षमता प्रयोग गर्दै आएका परिचित संरक्षणविदमा ढकाल गनिन्छन् । दुर्गमको डोल्पोदेखि तराईको धनगढीको तातोखाँदै भुगोल चहार्दै माटो छामेका उनै ढकाल हिजो आज रैथानेमा रमाउँदैछन् । रैथाने उनको सपनाको महल हो, जँहा उनको रहर र जाँगर प्रतिविम्व हुन्छ ।

। महाराजगञ्जको चप्पल कारखानामा रैथानको सोरुम संचालन गरेका उनी रैथाने एग्री प्रोडक्ट नेपाल, प्रालिका अध्यक्ष हुन । लगानी आफनो ठाउँमा छ तर उनको नुतन प्रारम्भलाई धेरैले सर्हाएका छन् ।

खासगरी रैथाने एग्री प्रोडक्टले रैथाने वस्तुहरुको पहिचान गर्ने, उत्पादन र विस्तार तथा सम्भावनाको अध्ययन र परामर्श दिने काम गर्दछ । उनको व्यवसायिक यात्रा स्वरोजगारलाई प्राथमिकता दिदै वातावरणमैत्री तथा हरित उद्यम प्रवर्द्धनमा टेवा पुराउने हिसाबले अघि बढेको छ । लोपोन्मुख हुँदै गएका रैथाने वस्तुहरुको जगेर्ना अझ भनौ संरक्षण उनको मुल ध्येय छ । त्यसको संरक्षण र प्रवर्द्धन पहिलो सर्त हुन आएको बेला तिलकले संचालन गरेको रैथानले कृषि, गैरकाष्ठ वन पैदावरको उत्पादन, संकलन, प्रशोधन तथा विक्रीवितरणको व्यवस्था गर्ने काम र बजारीकरणमा सहयोग गर्ने उद्देश्य बोकेको छ । रैथाने स्थानीय उत्पादनमात्र नभई स्थानीय कला, संस्कृति, सीप र बस्तु हो भन्ने बुझाई पालेका ढकाल यस्तै नै वस्तुको संरक्षणमा क्रियाशील छन् ढकाल ।

स्थानीय, प्रदेश र संघीय सरकार र सहकारीहरुसँग हातेमालो गरेर रैथाने प्रजातिमा पर्ने बस्तुहरुका संरक्षण, प्रवर्द्धन र उत्पादनका लागि कृषकहरुलाई आवश्यक सीप र प्रविधिमा सहयोग गर्नका निम्ति उक्त कम्पनी खोलेको बताउने तिलक ढकाल् भन्छन् ’रैथाने बस्तुहरु हाम्रा सम्पत्ति हुन् । यिनीहरुका संरक्षण हुन सकेमा हाम्रो पहिचान र ऐतिहासिकता कायम हुन सक्ने छन् । यसका निम्ति नीतिगत योजना र सचेतनाका लागि पैरवी आवश्यक कुरा हुन्’ ।


डब्लूडब्लूएफ् नामक अन्तर्राष्ट्रिय संरक्षणमुखी संस्थामा अफिसरका रुपमा कार्यरत रहिसकेका ढकाल उमेरले ६० छुनै आटेका छन् तर पनि उनको जोश र जाँगर देख्दा यस्तो लाग्छ उनमा थकान पट्क्कै देखिदैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु