• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १७:०१

     

    काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल र सदस्य सीताराम रेग्मी सहितको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीसंग भेट गरेको छ । मन्त्रालयमा भएको सो भेटका क्रममा ढकाल नेतृत्वको सो प्रतिनिधी मण्डलले निजी क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्नेमा जोड दिएको छ ।

    भेटका अवसरमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको कुरा सो अवसरमा उठाइयो ।

    भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि बाहिरिने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि शीपमुलक तालीम तत्काल संचालन गर्न आवश्यक रहेको बताए ।

    सो अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेकोले महासंघबाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता जनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु