सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • दीपक प्रिक्वाटरफाइनलमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार २०:१०

    काठमाडौं, फागुन १२ गते ।
    एनआरटीका दीपक मगर प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
    बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा दीपकले ब्रेक प्वाइन्टका उमेश शर्मालाई ४–० को फ्रेममा सहजै पराजित गरे ।
    त्यस्तै एस स्नुकरका सक्षम श्रेष्ठले सन्दिप मगरलाई ४–३, माउन्ट एभरेष्टका कृतेश ज्ञवालीले बुटवलका शिशिर गुरुङलाई ४–३, फस्ट ब्रेकका अमन कार्कीले कुँवेर ट्रष्टका सञ्जयकुमार मुल्मीलाई ४–१, अजिमाका फुरी शेर्पाले ब्रेक प्वाइन्टका रविन्द्र विष्टलाई ४–२, पाल्पाका कुनाल श्रेष्ठले एनआरटीका राजु केसीलाई ४–०, एसका मिलन लामाले एरिना १४७ का सुमन थापालाई ४–३ तथा कोटेज बेम्बुका राजन गुरुङले विराटनगरका शाहरुख अन्सारीलाई ४–० को फ्रेममा हराए । विजेता सबैले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु