दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप बैशाखको पहिलो साता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते, बुधबार २०:१६

काठमाडौं ।मार्शल आर्ट्स हाप्किडोको चौथो राष्ट्रीय च्याम्पियनसिप बैशाखको पहिलो साता काठमाडौंमा हुने भएको छ । आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनले बुधबार प्रतियोगिता बारे जानकारी दिएको हो ।
आगामी ४–६ बैशाखमा हुने प्रतिस्पर्धामा सातै प्रदेशबाट खेलाडी सहभागी हुने बुधबार ठमेलस्थित होटल आर्ट्समा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिए ।
प्रतिस्पर्धामा फाइटतर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतिस्पर्धामा २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७०–७५ तौल समूहमा प्रतिस्पर्धा हुने छ । यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने छन् ।
‘कोरोना महामारीले खेलकुद गतिविधि हुन पाएन । अहिले भाइरस प्रभाव केही कम भएको महसुस भएको छ । त्यसैले हामीले फेरि खेलाडीहरुलाई चलायमान बनाउने उदेश्यले प्रतियोगिताको तयारी गरेका छौं’, पत्रकार सम्मेलनमा अध्यक्ष घर्ती मगरले भने, ‘अब खेलाडीहरुका लागि बिस्तारै प्रतियोगिता बढाउदै जाने छौं ।’
संघले यसअघि आफ्नो पहिलो राष्ट्रीय च्याम्पियनसिपको रुपमा रोल्पामा शहीद स्मृती हाप्किडो च्याम्पियनसिपको आयोजना गरेको थियो । यस्तै, कोरोना महामारीका कारण दोस्रो र तेस्रो राष्ट्रीय च्याम्पियनसिप भने भर्चुअल गरेको थियो । संघले प्रतिस्पर्धाका विजेता खेलाडीहरुलाई नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जनाएको छ ।
आयोजकले प्रतियोगितामा सहभागी हुन आउने सबै खेलाडीको यातायातदेखि बस्ने र खाने व्यवस्था संघले नै गर्ने जनाएको छ । खेलाडीको सहभागीतासमेत निशुल्क गरिएको प्रतियोगिता आयोजनाका लागि अनुमानित ६० लाख खर्च लाग्ने संघका अध्यक्ष घर्ती मगरले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु