दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक : न्यौपाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते, बुधबार २०:१९

काठमाडौं । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका प्रमुख रामप्रसाद न्यौपानेले ट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको बताएका छन् ।
यात्रुको बढी भीँडभाड हुने ठाउँलाई आधार मानेर गरिएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आज सकिएको पनि प्रमुख न्यौपानेले बताए । सेवा केन्द्रले सामाजिक सेवालाई प्राथमिकता दिदै आएको परिप्रेक्ष्यमा सडक सुरक्षा व्यवस्थापनमा राज्यसँग हातेमालो गर्न पाउँदा सामाजिक जिम्मेवारी बढेको अनुभुती भएको उनले बताए ।

सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले बालुवाटार चोकमा बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पैदलयात्रु र सवारी साधनलाई सहजीकरण गरेको थियो । महानगरिय ट्राफिक महाशाखाको सो अभियानमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष न्यौपाने सडकमा स्वयम् खटिएका थिए ।
‘यो अभियान प्रभावकारी रहनुका साथै सफल भएको छ,समाजलाई योगदान पुर्याउ भनेर हामी पनि लागेका हौं’ उनले भने ‘ट्राफिक सचेतनासँगै सडक सुरक्षा बारे ज्ञान बाँड्ने कार्य अत्यन्तै उत्साहजनक रहयो ।’

सो क्षेत्रमा स्वयंसेवक परिचालन कार्यक्रममा अध्यक्ष न्याैपानेको अगुवाइमा समाजसेवी राजेन्द्रमान जोशी,शर्मिला खनाल, साबित्री खनाल, सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापा(धमला) प्रहरी जवान डम्बर शाही साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा स्वयमंसेवकहरुको उपस्थिति रहेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालन गरेको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आजसम्म जारी थियो । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त,दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा सहकार्यमा १० दिनसम्म ट्राफिक स्वयंसेवक परिचालन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु