बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • दल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार २१:४६

    फाल्गुन १२, २०७७
    समसामयिक राजनितिक विकृतिको विषयमा तयार गरिएको दल र देश गीतको भिडियो सार्वजनिक भएको छ । राजा खतिवडाको शब्द तथा संगीत रहेको गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् । राजा खतिवडा र लक्ष्मी नारायण सुनुवारको स्वर रहेको गीतको भिडियोमा भने राजा र लक्ष्मीको साथै सृजना घिमिरे, समृद्धि सिलवाल, नारायण घिमिरे, मोहन श्रेष्ठ, नरेन भट्टराई, सुवास सिलवाल, मान बहादुर थापा, श्याम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    भिडियोको छायांकन नारायण जि.सी. ले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका छन् । सञ्चारकर्मी तथा रंगकर्मी मोहन अभिलाषीको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा एउटा विद्यालयमा हुने चरम राजनितिकरणलाई प्रस्तुत गरिएको छ । शिक्षहरु नै पढाउन छोडेर दलको झण्डा बोक्दै हिँड्ने तथा विद्यार्थीहरुलाई पनि जबरजस्ती दलको झण्डा बोकाउने प्रवृत्तिमामाथि कडा प्रहार गरिएको छ ।

    एउटा मार्मिक दृश्यबाट कथावस्तु सुरु भएर सन्देशमुलक तथा राष्ट्रियताको भावनामा अन्त्य गरिएको छ । द्वन्द्वकालमा आफ्नो श्रीमान् गुमाएपछि छोराछोरीले गर्ने प्रश्नको उत्तर दिन नाजवाफ बनेकी आमाको रोदनात्क दृश्यबाट कथा सुरु हुन्छ । विद्यालय जाँदै गर्दा राजनितिक दलको आन्दोलन तथा खिचातानीले १ महिनासम्म विद्यालय बन्दहुँदा राजनितिले विद्यार्थीहरुमा पारेका प्रभावलाई देखाउन खोजिएको छ । विद्यार्थी र शिक्षकको प्रश्नोत्तर शैलीमा गीत सुरु हुन्छ । एकएक गरी विद्यार्थीहरु उठेर शिक्षकलाई प्रश्न गर्न थाल्छन् र शिक्षकले उत्तर दिने प्रयास गर्छन् ।

    राजनितिक कार्यकर्ताहरु विद्यालयमा छिरेर विद्यार्थीहरुलाई राजनितिक कार्यक्रममा लैजाने, विद्यार्थी संगठन विस्तारको नाममा राजनिति नबुझेका विद्यार्थीहरुलाई जबरजस्ती संगठन बनाउनदेखि शिक्षक कोठामा तालाबन्दी गर्ने तथा आन्दोलनमा उक्साउनेजस्ता कार्यहरु गर्न थाल्छन् । अन्तीममा विद्यार्थीहरुले नै राजनितिक पार्टीहरुको झण्डा हटाएर विद्यालयमा राजनिति बन्द गरौँ जस्ता विभिन्न पम्पलेटहरु टाल्छन् र विद्यालयलाई राजनितिमुक्त बनाउने प्रयास गर्छन् । राजनितिले बच्चाहरुको मनोविज्ञानमा पारेको प्रभावलाई स्पष्ट रुपमा उतार्ने प्रयास गरिएको छ ।

    विद्यार्थीहरुले फालेका झण्डा, उप्काएका पोष्टर पम्पलेटहरु तथा फोहोरहरु विद्यालयका कार्यालय सहयोगीले संकलन गरेर जलाइएका दृश्यहरुले गीतलाई विवादास्पद बनाउने देखिएतापनि गीतले राष्ट्रियताको पक्षमा बोलेको छ । बजारमा आईरहेका अन्य गीतभन्दा फरक स्वाद रहेको गीतलाई दर्शकले कतिको रुचाउँछन् केहि समय प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु