आयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ स्थित रुद्रमती सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते, शनिबार १०:२७

काठमाडौं- बुढानिलकण्ठ स्थित रुद्रमती सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फागुन १५ गते संस्थाका अध्यक्ष धर्मदत्त देवकोटाको अध्यक्षतामा उक्त साधारणसभा सभा सम्पन्न भएको हो । कार्यक्रमको उट्घाटन संस्थाका जेष्ठ सदस्य गोबिन्द प्रसाद पराजुलीले गरेका थिए । कार्यक्रममा संस्थाको वार्षिक आय ब्याय, भावी कार्यक्रम, संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरियो । कार्यक्रममा नगरपालिकाका प्रतिनिधि माधब प्रसाद पौडेल विषेश अतिथिका रुपमा उपस्थित रहेका थिए ।

कार्यक्रम माझ आफ्नो भनाई राख्दै पौडेलले कोरोना भाइरस ( कोभिड- १९ ) को असहज परिस्थितिमा पनि निरन्तर आफ्नो गतिविधि जारी राखि आफ्ना शेयर सदस्यहरुलाई सेवा दिन सकेकोमा रुद्रमती सहकारी परिवारलाई विशेष धन्यवाद दिदैँ आगामी दिनमा अझ योभन्दा बढी उन्नति प्रगति गर्ने विश्वास लिएको बताए ।

विशेष परिस्थिति रहेकोले यस पटकको साधारणसभामा संचालक समिती, लेखा, ऋण लगायत समिती र वरपर नजिक रहेका शेयर सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । अन्त्यमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष देवकोटाले आगामी कार्यक्रम, वार्षिक गतिविधि सहित आफ्नो भनाई राख्दै संस्थाले गर्नुपर्ने सबै प्रक्रिया पुर्याई साधारणसभा सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । कार्यक्रममा संस्थाका संस्थाका संचालक समितिका सदस्य दिपक प्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष तारा प्रसाद पराजुलीले धन्यवाद मन्तव्य र संस्थाका सदस्य प्रल्हाद दाहालले कार्यक्रम संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु