सचिन्द्र श्रेष्ठ, बागलुङ
२०७५ सालमा स्थापित नेवा: ल्यामह पुच बागलुङ द्वारा आज स्वस्थानी पुर्णिामा सांगेताका अवसर पारेर पबित्र कालीगण्डकी नदी देखी बजार सम्म बाटो नाप्ने कार्य सम्पन्न भयो।
करीब १६ बर्ष पछि यो कार्य गरिएको संस्थाका अध्यक्ष जय राजभण्डारीले बताए।’आफ्नो संस्कार लोप हुदै गई रहेको र यसलाई जिबन्त राख्नका लागि पून यो बाटो नापने कार्यको थालनि गरिएको राजभण्डारीले बताए।’
तीन जनाले कलश घडा बोकने र अर्को एक जनाले सेतो च्यादर बाटोमा बिछाएकोमा सुतेर बाटो नापदै हिड्ने जहाँ कोही शिबजी बनेर बाटो बाटोमा फल प्रसाद ग्रहण गर्ने र कालीगण्डकिको चोखो जल छकर्दे उक्त कार्य सफल पार्ने नेवा:पुच का सदस्य दिप रत्न श्रेष्ठले बताए।
पहिले पहिले बर्षनि स्वस्थानीको अन्तिम दिन भईरहेको र युबाहरु बिदेस जाने लहरले यो कार्य हटेकोले पून नेवा: युबा साथीहरु मिलेर आफ्नो परम्परा, भाषा, रहनसहनलाई जोगाइ राख्न आजकल बिभिन्न चाड पर्ब,नाच ,मेला संस्कृति लाई निरंतरता दिन नेवा: ल्याम्ह पुच को गठन गरिएको सस्थाका सचिब निलेश राजभण्डारीले बताए।
महादेवलाई खुसी पार्न र ब्रत बसेका महिला दीदी बहिनीहरूले उक्त जल पिउने र आफु सँग भएको जल थपदै बजार परिक्रमा गर्ने गरिएको र यो कार्य करीब २५० बर्ष पहिले काठमाण्डौ बाट आएका नेवारहरुले बागलुङमा २००७ साल देखि बागलुङ बजारमा नेवा साथीहरु मिलेर गर्ने गरेको बागलुङका अग्रज नेवाहरु बताउँछन्।