बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • राजेन क्वाटरफाइनलमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार २२:०१

    काठमाडौं, फागुन १५ गते ।
    अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
    बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजेनले चामुण्डाका जिमी लामालाई ५–० को फ्रेममा सहजै पराजित गरे ।
    अन्य प्रिक्वाटरफाइनलमा एनआरटीका दीपक मगरले पाल्पाका कुनाल श्रेष्ठलाई ५–२, अजिमाका फुरी शेर्पाले एस स्नुकरका सक्षम श्रेष्ठलाई ५–४ तथा लास्ट ब्रेकका सोम लामाले पोखराका विकास महर्जनलाई ५–३ ले हराउदै क्वाटरफाइनलमा पुगे ।
    दुई क्वाटरफाइनल आइतबार र बाँकी दुई सोमबार हुने छ । आइतबार अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र एएक्सएनका वाङचु तामाङ तथा फस्ट ब्रेकका अमन कार्की र एसका मिलन लामाबीच प्रतिस्पर्धा हुने छ । सोमबार अजिमाका राजेन र लास्ट ब्रेकका सोम तथा एनआरटीका दीपक र अजिमाका फुरी शेर्पाबीच खेल हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु