• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    मनास्लुद्वारा मन्डे सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार २२:०८

    काठमाडौं ।कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले शनिबार सम्मान गरेको छ । २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा मन्डे सम्मानित भएका हुन् । सागको एकै संस्करणमा करातेमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन् ।
    मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागतमा चुच्चेपाटीस्थित स्मार्ट प्यालेस एन्ड इभेन्टमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा मन्डेसहित विभिन्न क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गरिएको हो । सो अवसरमा सञ्चारकर्मी ऋषि धमला, युवा सामाजिक अभियन्ता शिशिर भण्डारी र राजेन्द्र लुइतेललाई पनि सम्मान गरिएको थियो ।
    उनहीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच खादा, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
    अध्यक्ष लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको जानकारी दिए । उनले विभिन्न खेलका करिब ५५ खेलाडीलाई मनास्लुले प्लस २ अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्रदान गरेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु