हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम भब्य रुपमा सम्पन्न
  • हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ फाल्गुन २०७७, आईतवार ११:५६

    काठमाडौं, फागुन १६ – स्थानीय बजारमा आइतबार पहेंलो धातुको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेको छ। अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो।

    यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो।

    यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ। शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु