बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धी अन्तरक्रिया

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलवार १६:२६

    १७ फागुन २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं
    प्रेसकाउन्सिल नेपालको आयोजना,ओपन सोसाइटी फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयोजनामा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयनको विषयमा विभिन्न सञ्चार माध्यमहरुका सम्बनधीत व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो ।

    अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द«की अध्यक्ष तारावदन सेडाईले सबैलाई स्वागत गर्दै सञ्चार माध्यमहरु तथा सबै नागरिकहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्बोधन गर्दा सभ्य भाषा प्रयोग गर्नु पर्ने तथा अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ लाई पूर्ण रुपमा कार्यन्वयन गर्न सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो । सो अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द«का कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा उहाँले विशेष गरी सञ्चार सञ्चारकर्मीहरुले समाचार संकलन गर्ने, प्रकाशन तथा प्रशारण गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि सम्मानित शब्द प्रयोग गर्नु पर्ने, उनीहरुलाई फरका क्षमता नभनिकन अपाङ्गता भएका व्यक्तिहरु भनेर संवोधन गर्नु पर्ने लगायतका कुरामा जोड दिनु भएको थियो । त्यसै गरी प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झवेन्द् भूषालले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को विषयमा जानकारी दिदै यो निर्देशिकामा उल्लेख भए अनुसार सञ्चारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सामाग्रीहरु संकलन गर्नु पर्ने र सञ्चार माध्यमहरुले पनि सोही अनुरुप प्रकाशन तथा प्रशारण गर्नु पर्ने बताउदै उजुरीहरुको विषयमा अनुगमन गरि आवश्यक कारवाही गरेको बताउनु भयो ।

    यसै क्रममा बौद्धिक अपाङ्गताका अभिभावक तथा अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले प्रेस काउन्सिल नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व गराउनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरुका सवालमा कमल चलाउने सञ्चारकर्मीहरुलाई त्यहाँका कार्यक्रमहरुमा प्राथामिकताका अवसर प्रदान गर्नु पर्ने, बताउनस भयो भने प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रसासकिय अधिकृत तथा प्रवक्ता दिपक खनालले समाचार लेख्दा, प्रकाशन तथा प्रशारण गर्दा, सूचना वा विज्ञापन तथा वृत्त चित्रहरु बनाउनदा पनि अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मानमा चोट पुग्ने शब्दहरु प्रयोग गर्न नहुने बताउदै सबै सञ्चारकर्मीहरुले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ मा उल्लेख भएका व्यवस्थाहरुको पालना गर्नु पर्ने बताउनु भएको थियो । अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ को प्रभावकारी कार्यन्वयन सम्बन्धी काठमाण्डौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रेसकाउसिन्ल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले सञ्चारकर्मीहरुले अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मानमा चोट पुग्ने शब्दहरु प्रयोग गर्न नहुने, सही र गलत शब्दहरुको विषयमा जानकार हुनु पर्ने, तथा अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि प्रेस काउन्सिल नेपालबाट बजेट छट्याइने बताउनु भएको थियो ।
    सो कार्यक्रममा अन्य सञ्चार माध्यमबाट प्रतिनिधित्व गर्नु भएका सञ्चारकर्मीहरुले अपाङ्गता मैत्री सञ्चार निर्देशिका २०७३ अनुसार काम गर्ने र सञ्चारकर्मीहरुलाई पनि निर्देशन दिने बताउनु भयो ।

    काउन्सिलका बोर्ड सदस्य दीपक पाण्डेले दैनिक व्यवहारमा अपाङ्गतामैत्री शब्दको प्रयोग गर्न सकेमात्र अपाङ्गतामैत्री सञ्चार निर्देशिकाको कार्यान्वयन हुनसक्ने भन्दै यसलाई अझ प्रचारप्रसार गर्दे लगिने स्पष्ट पार्नुभयो ।

    इमेज टेलिभिजनका कार्यकारी अधिकृत लक्ष्मण हुमागाईँले यो निर्देशिका पालनाको लागि समाचारकक्षमा निर्देशन गरिएको भन्दै सञ्चारमाध्यमले प्रस्तुत गर्ने हाँस्य टेलिशृङ्खलामा प्रयोग हुने पात्रहरूले अपाङ्गता भएका व्यक्तिलाई पीडा दिने गरेको भन्दै अबका दिनहरूमा सजगता अपनाइने बताउनुभयो ।

    एपी वान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीले इतिहासका साहित्य अपाङ्गतामैत्री नहुनु अहिले चर्चाको विषय बनाउन नहुने भन्दै अबका साहित्य अपाङ्गतामैत्री हुनुपर्ने बताउनुभयो । पत्रकारले अपाङ्गतामैत्री शब्दको प्रयोग गर्न नसक्ने हो भने आम जनमानसमा नै त्यसको असर पर्ने भएकाले पत्रकारितामा थप संवेदनशीलता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

    वरिष्ठ पत्रकार ऋषि धमलाले आफूले चलाउने कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको गरिमा प्रतिकूल हुने शब्द अन्तर्वार्ता दिनेले प्रयोग गरेमा तत्काल प्रतिवाद गर्ने बताउनुभयो ।

    थाहा खबरका सम्पादक तिर्थ कोइरालाले इतिहासको आलोचना गर्नुभन्दा वर्तमानमा भएका कमजोरीलाई सच्चाउँदै अपाङ्गतामैत्री वातावरण सिर्जना गर्नुपर्ने र त्यसको अभ्यास घरबाटै हुनुपर्ने बताउनुभयो ।

    वरिष्ठ पत्रकार कपिल काफ्लेले प्रेममा मान्छेले जानेर वा जनानेर अपाङ्गता भएका व्यक्तिलाई असर पुग्ने शब्दको प्रयोग गर्ने भएकाले अबको दिनहरुमा आफ्नो ब्यवहारबाटै अपाङ्गतामैत्री वातावरण बनाउने उल्लेख गर्नुभयो ।

    अन्तरक्रियामा नेपाल अपाङ्ग मानव अधिकार केन्द«ले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गरिने शभ्य भाषा सहतिको शब्दावली भएको स्टीकर पनि सार्वजनिकिकरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु