गजल –
“के पायौं हाम्ले”-
कहिले खुट्टा चढाइयो कहिले “शिर” चढाइयो ।
देश परिवर्तनको नाउँमा कैयौं “वीर” चढाइयो ।
देश रुदैछ, कोख रित्तिएकी आमा रुदैछिन,
आखिर आँसु कस्को, “खातिर” चढाइयो?
भोको बसेर ग्यास्ट्रीकले आमा बित्नुभयो।
आज उहांकै पुण्य तिथिमा, खिर चढाइयो।
खै भगवान खुशी भए कि भएनन् हिजो ?
टाउको ठोकाएर ढोगें “अबिर” चढाईयो।
महंगी र अराजकता बढ्दैछ के पायौं हाम्ले ?
मेरा नेता र मेरो देश भन्दै “शरिर” चढाईयो ।
रामचन्द्र तिम्सिना
(आवाज)