प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते, बुधबार ०७:०५

काठमाडौं, फागुन १९ । प्रतिनिधिसभाका सांसदहरुले अनिवार्यरुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने भएको छ । फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने भएको हो ।

सांसदहरुलाई फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम तय गरिएको छ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन् ।

प्रतिनिधिसभामा २७५ सदस्य रहे पनि हाल २६९ जनामात्र सांसद रहेका छन् । सभामुख सापकोटाको मतदानमा सहभागी नहुने र नेकपाका सांसद सानु सिवाको मृत्यु भएको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई जना र जनता समाजवादी पार्टीका दुई जना सांसद निलम्बनमा परेका छन् ।

माघ १४ गतेबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको एक महिनापछि सांसदहरुले खोप लगाउने भएका छन् । नेपालमा हालसम्म ४ लाख २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु