सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिक सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार २१:५४

    विराटनगर-भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनको आयोजना तथा बिष्णु माया पुस्तकालय, विराटनगरको सह आयोजनामा फाल्गुण १८ गते विराटनगर स्थित पोखरियामा सम्पन्न भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । फाउण्डेसनका संरक्षक समेत रहेका नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन ।

    सम्मानित हुनेहरुमा पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीका युवावय अवस्था देखीका समकालिन, कम्युनिस्ट आन्दोलनका सहयोद्धा अग्रज लगायत १२५ जना जेष्ठ नागरिक छन् । सम्मानित हुनेहरुमा ७० बर्ष देखी १०७ बर्षसम्म जेष्ठ नागरिकहरु छन् ।

    जेष्ठ नागरिक सम्मान कार्यक्रम पस्चात उक्त स्‍मृति सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष माधव कुमार नेपालले भरतमोहन अधिकारी विवेकशिल, सरल, अध्ययनशिल र बौद्धिक नेता भएको स्मरण गर्दै जेष्ठ नागरिक र सामाजिक क्षेत्रमा स्व.अधिकारीले पुर्याएको योगदान गर्व गर्न लायकको रहेको बताए ।
    त्यसैगरि, स्‍मृतिसभा माझ सभापतिको आसनबाट बोल्दै फाउण्डेसनका उपाध्यक्ष सोम प्रसाद पाण्डेले नेपालमा जेष्ठ नागरिकहरुको हक अधिकारलाई स्थापित गर्न स्व. नेता भरतमोहन अधिकारीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नेताका रुपमा स्व.अधिकारीबाट दुरदर्शीता प्रस्तुत भएको र समाजको स्वरुपलाई बदल्ने सामर्थ्य बोकेका अग्रज क्रान्तिकारी नेताको रुपमा स्व. भरतमोहनलाई आफुले स्मरण गर्ने बताए ।

    त्यसैगरि, फाउण्डेसनकी संस्थापक एवम् स्व. नेता अधिकारीकी सुपुत्री लिमा अधिकारीले स्व. पिता भरतमोहन अधिकारीलाई स्मरण गर्दै उहाँ उच्च सामाजिक चेतनाले ओतप्रोत व्यक्तित्व भएको उल्लेख गरिन । साथै, उनले स्व. अधिकारीले जेष्ठ नागरिक प्रति अभियानका रुपमा थालनी गरेका कार्य र सोचलाई सार्थक पार्दै अघि बढन फाउण्डेसनले आगामी दिनमा थप कार्यक्रमहरु पस्कदै जाने बताइन् ।

    कार्यक्रम माझ अधिकारीका अग्रज कम्युनिस्ट सारथी लगायत नेता कार्यकर्ताहरुले स्व. अधिकारीको योगदान बारे चर्चा गरेका थिए । उक्त स्‍मृति सभामा नेकपाका प्रभावशाली नेताहरु भिम आचार्य, घनेन्द्र बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

    स्वर्गिय भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन पुर्व उप प्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापित संस्था हो । स्वर्गिय नेता अधिकारीको धर्मपत्नी सबिता अधिकारी उक्त फाउण्डेसनको अध्यक्ष छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु