• कागुनो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार ०६:४१

    काठमाडौ ।कागुनो सेतो ,रातो या पहेंलो कोदो जसको बैज्ञानिक नाम (Setaria italica Beauv) हो । यो घाँसे परिवारमा पर्ने बर्खे बाली हो भने कोदो प्रजातिहरू मध्ये क्षेत्रफलका हिसाबले Pearl Millet (Pennisetum glaucum,बाजरा वा घोगे)पछि विश्वमा दोस्रो बढी खेती हुने कोदोको प्रजाति हो ।

    फ्याउरोको पुच्छर जस्तो बाला हुने भएकोले अंग्रेजीमा यसलाई फक्सटेल मिलेट (Foxtail Millet) भनिन्छ । नेपालमा पनि यो बाली परापूर्व कालदेखि नै खेती हुदै आएको छ । नेपालका पश्चिमी पहाडी जिल्लाहरू,विशेष गरी कर्णाली क्षेत्रहरू जस्तै डोल्पा,जुम्ला, हुम्ला, कालिकोट, बाजुरा र बझाङ जिल्लाहरूमा यसको खेती गरेको पाइन्छ ।

    विशेष गरी कर्णाली क्षेत्रको स्थानीय खाद्यसुरक्षामा यस बालीको विशेष भूमिका रहेको छ ।

    कागुनो असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन दिने भएकाले अहिले म्याग्दी रामेछाप तिरा पनि यसको खेती गरिन्छ।
    १०० ग्राम कागुनोमा ४ ग्राम फ्याट ३५१ क्यलोरि ११.५ ग्राम प्रोटिन ६३.२ग्राम कार्बोहाइड्रेट ६.७ ग्राम फाइवर ३१ क्याल्सियम र भिटामिन B1 प्रचुर मात्रमा पाइन्छ ।

    स्नायु प्रणालीलाई चुस्तदुरुस्त राख्न सहयोग पुर्‍याउँछ ।कोलेस्ट्रोल घटाउन सहयोग गर्छ जसका कारण ह्दयाघातबाट जोगिन सकिन्छ ।एन्टिअक्सिडेन्टको मात्रा बढी भएकाले यसले एन्टी एजिङको काम गर्छ ।

    छालाको रोगजस्तै सुक्खापन र कत्ला पर्ने समस्या जस्तो पेल्लाग्रा रोगबाट जोगाउँछ ।
    यसमा पाइने म्याग्नेसियमले रगतमा ग्लुकोजलाई व्यवस्थापन गर्नु का साथ साथै इन्सुलिनलाई संयमित पनि राख्छ त्यसैले मधुमेहका रोगीका लागि यो अति उपयुक्त हुन्छ । बालबालिकाहरूको हड्डी बलियो तुल्याई बढ्न सहयोग गर्छ ।
    यस लाई खिर,पुवा,सलाद ,चटपटे र रोटी बनाई प्रयोग गर्न सकिन्छ ।

    खीर

    खिर बनाउदा १५० ग्राम कागुनो लाई २ लिटर दुधमा आधाघन्टा सम्म धिमाआँचमा पकाउनु होस सख्खर,मह ,मिस्री ,कुनै एक आफ्नो स्वादअनुसार राखि आधा जाईफल र सानो चम्चा मरिचको धुलो राख्नुहोस ।
    कागुनोको खिर तयार भयो । तपाईं संग ड्राइफ्रुट छ भने प्रयोग गर्न सक्नु हुन्छ । भिभिन्न संवाद दिनु छ भने सुन्तला को रस या बोक्रा लाई मसिनो काटि प्रयोग गर्न सकिन्छ । स्ट्रबरी,भईकटर,आँपको सिजनमा त्यसको पल्प बनाई पस्कन सक्नु हुन्छ ।

    सलाद

    सलाद बनाउदा कागुनो लाई हल्का उमाल्ने र काँक्रो,भेड़े खुर्सानी, गोलभेडा प्याज र हरियो खुर्सानी लाई सानो सानो गरि काटि कागति र भुटेको तोरिको तेल नुन राखी तयार गर्न सकिन्छ सलाद पत्ता,तोरीको सागको पात मिसाउन पनि सक्नु हुन्छ ।
    अझ तिलको तेल या जैतुनको तेल पनि प्रयोग गर्न सक्नु हुन्छ ।

    (लेखक भान्से लक्षमन प्रसाद भण्डारी कार्यकारी प्रमुख ग्लोबल नेप्लिज सेफ फेडरेशन)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु