• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    शुक्रबार देखि देशभरका सिनेमा घरमा चलचित्र ´गोर्खे` प्रदर्शन हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार ०७:२७

    काठमाडौं २० फागुन ।
    काजी लिम्बुको लेखन र किम्म्त गौतमको निर्देशन रहेको नेपाली कथानक चलचित्र´गोर्खे`फागुन एकाईस अर्थात शुक्रबार देखि नेपाल भरी एक साथ प्रदर्शन हुँदै छ।

    अर्जुन गुरुङ,रबिन्द्र प्रताप सेन,अञ्जली अधिकारी,एन्जल श्रेष्ठ,अस्मी लामा,अस्मिता श्रेष्ठ(रानी),सरोज तामाङ,साजन थापा मगर लगाएत कलाकारको अभिनय रहेको यस चलचित्रमा चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको सङ्गीत र अन्जु पन्त,भुषण खतिवडा,साहास शाक्य को स्वर रहेको छ ।चलचित्रमा गोरखालीको बहादुरीको गाथा समेटिएको छ।

    कोजु ईन्टरटेनमेन्टको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु तथा हरि थापाले निर्माण गरेको यस चलचित्रमा नेपालका रमणीय स्थलहरु पाल्पा,बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंका दृश्य कैद गरिएको छ।

    केहि दिन अघि चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित टाईटल लिरिकल गीत सार्वजनिक भए संगै चर्चामा आएको यस चलचित्रको अन्य गीत भने निकै चर्चामा रहेको छ । चलचित्रको “गोर्खे ..“ तिन गीत रिलिज संगै चलचित्र हेर्ने र नेपाली चलचित्रलाई मायाँ गर्ने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ।
    हेर्नुहोस् गोर्खेको टेलर…

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु