Talk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ
  • भोजन पर्यटन प्रबर्द्धनको लागि सहमति पत्रमा हस्ताक्षर तथा अन्तरक्रिया सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार २०:३३

    फागुन २१,काठमाडौ ।नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गरिने भएको छ। कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि रैथाने एग्री प्रडक्टस् नेपाल र ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपाल बिच सहमति पत्रमा हस्ताक्षर तथा अन्तरक्रिया सम्पन्न भएको छ।                

    रैथाने एग्री प्रडक्टस् नेपालको कार्यलय धुम्वाराई मा रैथाने एग्री प्रोडक्टस् नेपालका अध्यक्ष तिलक बहादुर ढकाल र एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतको उपस्थितिमा हस्ताक्षर सम्पन्न गरिएको हो।

    उक्त समारोहमा रैथाने एग्री प्रडक्टस् नेपालका अध्यक्ष तिलक बहादुर ढकालले भोजन पर्यटन प्रबर्द्धनका लागि रैथाने वस्तुहरुको उत्पादन, संरक्षण,प्रबर्द्धनको रैथाने बचाउ अभियान, उत्पादन,प्रबर्द्धन तथा भोजन पर्यटनको सम्भावनाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो।

    कार्यक्रममा ग्याष्ट्रोनोमी टुरिजम एशोसियशन अफ नेपालका अध्यक्ष सुरेशचन्द्र बस्नेतले आफ्नो कम्पनीको उद्देश्यका साथै नेपालमा भोजन पर्यटनको सम्भावना,अवसर र चुनौतिको बारेमा धारणा राख्नु भएको थियो । 

    सहमतिबाट नेपालका ७ वटै प्रदेशका मुख्य शहरहरुमा रैथाने कृषि उपजमार्फत भोजन पर्यटन,प्रबद्र्धनका लागि मद्धत पुग्नुका साथै रैथाने कृषिउपजहरुको उत्पादन तथा संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा शिबपुरी मिडिया नेटवर्कका अध्यक्ष रबिन प्रसाद थपलिया,न्युजलाइन्स मिडिया नेटवर्कका राजु भट्ट,सेफ बेद अधिकारी ग्याष्ट्रोनोमी टुरिजम एशोसियशन अफ नेपालका उपाध्यक्ष सन्तोष कुबर सचिव भावना केसी रैथाने एग्री प्रोडक्टस्का राईबहादुर राई लगाएतका पदाधिकारीको सहभागिता रहेको थियो ।                        

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु