कवि रामचन्द्र तिम्सिनाको “भेंडाहरुको शहर” नामक कविता संग्रहको कभर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते, शनिबार २०:०८

काठमाडौं ।सामाजिक बिकृती विरुद्ध लेख रचना मार्फत सशक्त खबरदारी गर्दै आउनु भएका कवि लेखक तथा राजनीतिकर्मी रामचन्द्र तिम्सिना(आवाज)ले आफ्ना १०० वटा कविताहरु समेटेर “भेंडाहरुको शहर”नामक कविता संग्रह बजारमा ल्याउँदै छन् ।

राजनीतिक र सामजिक दुबै पक्ष समेटिएको संग्रहमा मर्म, पीडा र आक्रोश पोखिएको कुरा अन्लाईनसंगको कुराकानीमा हामिलाई बताउनु भएको छ।
मुख्यत गलत राजनीतिक परिपाटीको यसमा जोडदार बिरोध गरिएको छ।

शिर्षक “भेंडाहरुको शहर” रहेको मुल कविताको बिचको केही अंश यस्तो रहेको छ –

“जन्मिदै जिन्दावाद र मुर्दावाद सिकेका छन् ।
खर्कको घाँस बिर्सेर बियर र मासु घिचेका छन् ।
गाउँका ठुला-ठुला पाटनमा भेटिदैन आजभोलि
चिल्ला सडकमा
खुल्लामञ्चको चौरमा
कोहि बदाम छोडाईरहेका
कोहि कालो चिया पिईरहेका
कोहि मासु रक्सी धोकिरहेका भेटिन्छन्”……

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु